Kakhara सबैको खबर सम्पूर्ण खबर
मनराजको उपचारको लागि सहयोगकाे याचना 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ का २५ वर्षिय मनराज नकालको उपचारको लागि सहयोगको  याचना गरिएको छ । काम गर्ने क्रममा टाउकोमा चोट लागेर गम्भीर घाइते हुनुभएका नकालको उपचारको लागि सहयोगको याचना गरिएको हो । परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार सहयोग पुगोस् भनेर सहयोगको याचना गरिएको हो ।

गाडीबाट समान निकाल्ने क्रममा टाउकोमा चोट लागेका नकालको नेपालगञ्जमा पनि उपचार सम्भव नभएपछि काठमाडौँको ट्रमा सेन्टर उपचार भइरहको परिवारले जनाएको छ । सहयोगिहरुले मनराज बचाउ अभियान नै चलाएर सहयोग संकलन गरिरहेका छन् ।

सहयोगको लागि लक्ष्मी सनराइज बैंकमा रहेको मनराजको श्रीमती गीता कुसारीको खाता नम्बर ०७७१३९०६६९०२३००१ मा सहयोग गर्न परिवारले अनुरोध गरेको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update