Kakhara सबैको खबर सम्पूर्ण खबर
मनराजको उपचारका क्रममा निधन

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ का २५ वर्षिय मनराज नकालको उपचारका क्रममा निधन भएको छ । ३ नम्बर वडाको पेदिमा काम गर्ने क्रममा टाउकोमा चोट लागेर गम्भीर घाइते नकालको मंगलबार काठमाडौंको एक हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।

सडक निर्माणका क्रममा घाइते भएका नकालको उपचारको क्रममा निधन भएको पत्रकार नारायण ओलीले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि परिवारका लागि दिनरात परिश्रम गर्ने नकालको निधन हुँदा गाउँनै शोकमा परेको छ । आर्थिक अवस्था कमजोर भएका नकालको  उपचार लागि सहयोग संकलन भइरहेको  बेला उहाँको निधन भएको पत्रकार ओलीले बताउनुभयो ।

निधन पश्चात् पनि नकालको परिवारलाई खर्च व्यवस्थापनमा  समस्या हुने भएकाले सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभएको छ । नेपालगन्ज उपचार सम्भव नभएपछि नकाललाई सोमबार थप उपचारको लागि काठमाडौं लगिएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  २२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update