त्रिवेणीमा जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता जारी

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता भइरहेको छ । वडा नम्बर ३ को सिम्रुतुमा प्रजातन्त्र दिवसको उपलक्ष्यमा हिजो देखि जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा आठबिसकोट नगरपालिकाका ३ विद्यालय, मुसिकोट नगरपालिकाका २ विद्यालय, सानिभेरी गाउँपालिकाका ५ ओटा विद्यालय र त्रिवेणी गाउँपालिकाका एउटा विद्यालयका गरी जम्मा १२६ जना खेलाडी सहभागिता रहेको छ । प्रतियोगिता आज सकिने जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष भद्र खड्काले जानकारी दिनुभयो ।
त्रिवेणी गाउँपालिका र जिल्ला तेक्वान्दो सङ्घको सहकार्यमा त्रिवेणी तेक्वान्दो डोजाङले प्रतियोगिता आयोजना गरेको हो ।
प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१ ०८:४९
प्रतिक्रिया दिनुहोस्