Kakhara सबैको खबर सम्पूर्ण खबर
जनता हेरेको हेर्यै…

नेताहरू दोष जति अरूलाई दिन्छन्
मञ्चमा उभिएर गाली फलाक्छन्
कार्यकर्तालाई दुस्मनी सिकाउँछन्,
तर आफू चाहिँ हात मिलाउँछन् ।

नीति होइन, लाभ-हानि हेर्छन् 
दुई महिनामा सरकार फेर्छन्
चुनावमा विपरीत ध्रुव मिलेर 
मित्रताको नारा घन्काउँछन्
बुझ्नै गाह्रो ! त्यसपछि
भ्रष्टाचारका फाइल कता हराउँछन् ?

तर मीठा भाषण चलिरहन्छन् 
जनतालाई फेरि सपनै देखाउँछन्।

बुझेर पनि स्वाँठे जनता 
ट्वाल्ल परेर हेरेको हेर्यै…!!
 

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update