Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रजातन्त्र दिवसको अवसरमा ५ जना व्यक्तिद्वारा रक्तदान 

रुकुम पश्चिममा प्रजातन्त्र दिवसको अवसरमा रक्तदान गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम पश्चिमको प्राविधिक सहयोगमा स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले प्रजातन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । जिल्ला अस्पतालमा रहेको ब्लड बैंंकमा रक्तदान भएको हो । ५ जनाले रक्तदान गरेको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

त्यस्तै ५ जनालाई सम्पर्कमा राखिएको छ । दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक ऋषि पाठक लगायतले रक्तदान गर्नुभएको थियो । स्वास्थ्य सेवा कार्यालय ब्लड बैङ्कका ल्याब टेक्निसियन पुष्कर केसीका अनुसार ३ जनाले ओ पोजेटिभ, १ जनाले ए पोजेटिभ र १ जनाले ए बि पोजेटिभ गरेर ५ पिन्ट रक्तदान भएको छ ।

prajatantra-day-1739970191.jpg
२ जना बि पोजेटिभ र ३ जना ओ पोजेटिभ ब्लड ग्रुप भएका व्यक्तिलाई सम्पर्कमा राखिएको उहाँले बताउनुभयो । रक्तदान अघि औपचारिक कार्यक्रम समेत भएको थियो । यसैबिच प्रजातन्त्र दिवसको अवसरमा रुकुम पश्चिममा अन्य कार्यक्रम समेत भएका छन् । जिल्लास्थित सरकारी कार्यालयमा सरसफाइ, दीप प्रज्वलन लगायतका कार्यक्रम भएको प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले जानकारी दिनुभयो । दिवसको अवसरमा खुला औपचारिक कार्यक्रम भने भएन ।  

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update