Kakhara सबैको खबर सम्पूर्ण खबर
न्यु मुन लाइट बाेर्डिङ स्कुलले मनायो २० औँ वार्षिकोत्सव (फोटो फिचर)

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ मा रहेको निजी विद्यालय न्यु मुन लाइट बोर्डिङ स्कुलले २० औँ वार्षिकोत्सव मनाएको छ । साताव्यापी रुपमा विभिन्न कार्यक्रम सञ्चालन गरेको विद्यालयले आज वार्षिकोत्सव विशेष समारोह आयोजना गरेको थियो । स्कुल सञ्चालक समितिका अध्यक्ष पलबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो ।

new-moon-light-(11)-1739971318.jpg
वार्षिकोत्सव विशेष समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख केसीले न्यु मुन लाइट बोर्डिङ स्कुलले जिल्लाको शैक्षिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो । संस्थागत विद्यालय र सामुदायिक विद्यालयका बिचका असल अभ्यासलाई साझा गर्नुपर्ने समेत उहाँले बताउनुभयो । नगरको शैक्षिक विकासका लागि निजी विद्यालयको योगदान उत्तिकै महत्त्वपूर्ण रहेको उहाँको भनाई छ । नगरपालिका नगरको समग्र शैक्षिक विकासका लागि तत्पर रहेको समेत उहाँले बताउनुभयो ।

new-moon-light-(9)-1739971316.jpg
कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षक शिक्षिकाहरूले विभिन्न सांस्कृतिक प्रस्तुति राखेका थिए । त्यस्तै २०८० को एसइईमा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीका अभिभावकहरूलाई नगद सहित सम्मान गरिएको थियो । वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगितामा स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

new-moon-light-(10)-1739971316.jpg
कार्यक्रममा जनप्रतिनिधि, प्याब्सन, विभिन्न नीति तथा संस्थागत र सरकारी विद्यालयका प्रमुख तथा प्रतिनिधि लगायत जिल्लास्थित सरोकारवालाहरूको उपस्थिति रहेको थियो । स्कुलका शेयर सदस्य खडानन्द गाैतमको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन प्रिन्सिपल खड्क कँवरले गर्नुभएको थियो । 

थप फाेटाे हेर्नुहाेस्

new-moon-light-(13)-1739971319.jpg

new-moon-light-(12)-1739971318.jpg

new-moon-light-(7)-1739971313.jpg

new-moon-light-(8)-1739971313.jpg

new-moon-light-(6)-1739971312.jpg

new-moon-light-(5)-1739971312.jpg

new-moon-light-(1)-1739971310.jpg

new-moon-light-(4)-1739971311.jpg

new-moon-light-(3)-1739971311.jpg

new-moon-light-(2)-1739971309.jpg

फाेटाेः मनिष खड्का/कखरा ।

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update