Kakhara सबैको खबर सम्पूर्ण खबर
डिप्रोक्स लघुवित्तको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
कार्यक्रममा सहभागी ।

डिप्रोक्स लघुवित्त वित्तिय संस्था शाखा कार्यालय रुकुम पश्चिमको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न भएको छ । बुधबार मुसिकोट नगरपालिका ५ सेरिगाँउमा रहेको सहिद प्रतिष्ठानको सभाहलमा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न भएको हो । वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रममा शाखा प्रमुख दलबहादुर ओलीले संस्थाले जिल्लामा गरेको गतिविधि लगायत संस्थाको आर्थिक कारोबारको बारेमा जानकारी बनाउनुभएको थियो ।

शाखा प्रमुख ओलीका अनुसार डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले जिल्लाका चार स्थानीय तह मुसिकोट नगरपालिका तथा त्रिवेणी, बाँफिकोट र सानीभेरी गाउँपालिकामा काम गरिरहेको छ । संस्थामा १ हजार ९ सय ९० जना सदस्य रहेका छ । संस्थाले हालसम्म ८ करोड बचत गरेको छ भने १९ करोड कर्जा लगानी गरेको शाखा प्रमुख ओलीले जानकारी दिनुभयो  ।

वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रममा संस्थाका कर्णाली प्रदेश प्रमुख राजेश थापाले संस्थाले गर्ने आम्दानी, खर्च व्यवस्थापन, कर्जा सदुपयोग, कर्जा परियोजना लगायत बचत बढाउले विषयमा सहभागीहरुलाई सिकाउनु भएको थियो । त्यसै प्रदेश कार्यालयका अनुगमन अधिकृत ॠषीराम पौडेलले संस्थाले लिएको बचत, सेवा शुल्क, कर्जा लगायतका बारेमा प्रष्ट पार्नुभएको थियो । 

शाखा प्रमुख ओलीको अध्यक्षता भएको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रममा मुसिकोट नगरपालिका २ नम्बर वडा अध्यक्ष दिनेश खड्काको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै संस्थाका प्रदेश प्रमुख थापा, प्रदेश कार्यालयका अनुगमन अधिकृत पौडेल, मुसिकोट नगरपालिका ११ नम्बर वडा सचिव धनकुमार शाही, पत्रकार महासंघका उपाध्यक्ष देवकुमार ओली लगायतको आतिथ्यता रहेको थियो । संस्थाका कर्मचारी कमलकुमार डाँगीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन राजविक्रम सावदले गर्नु भएको थियो ।

inbound4744330643085182991-1739979576.jpg

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  २१:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update