Kakhara सबैको खबर सम्पूर्ण खबर
कोरोना विरुद्ध सचेतना फैलाउन प्रहरीलाई साउण्ड सिस्टम प्रदान
जिल्ला प्रहरी कार्यालयलाई साउण्ड सिस्टम हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी राजकुमार राई ।

यूएमएन रुकुम पूर्व कलस्टर र जनजागरण मन्चले जिल्ला प्रहरी कार्यालयलाई साउन्ड सिस्टम उपलब्ध गराएका छन् । कोभिड १९ को विरुद्धमा नागरिकलाई सचेत बनाउन भन्दै प्रचारप्रसारको लागि साउन्ड सिस्टम र सचेतनामुलक जिगंलहरु उपलब्ध गराएका हुन् । 

यूएमएन र जनजनगरण मन्चले जिल्ला प्रहरी कार्यालय सहित जिल्लाका विभिन्न ७ वटा नाकाको लागि साउन्ड सिस्टम हस्तान्तरण गरेको यूएमएनका सक्षम परियोजना व्यवस्थापक हेमन्त राईले जानकारी दिनुभयो । आज प्रमुख जिल्ला अधिकारी राजकुमार राईको उपस्थितिमा यूएमएनका टोली प्रमुख रमेश थीङले जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेशबहादुर श्रेष्ठलाई साउन्ड सिस्टम र जिंगल हस्तान्त्रण गर्नुभएको हो । 

यूएमएन र जनजागरण मञ्चले उपलब्ध गराएका ती सामग्री जिल्लाक सिमानाकाहरु खोपीचार, धपे, महत, क्यूबाङ, लुकुम लगाएतका ठाउँमा एकएक वटा वितरण गरिने डिएसपी श्रेष्ठले बताउनुभयो । साउन्ड सिस्टमको साथमा कोभिडको बेलामा महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङगता भएका व्यक्ति हिंसामा पर्न सक्ने भएकाले त्यस्ता खालका कार्यहरु नगर्न नगराउन र सबैलाई सचेत बनाउने खालका जिंगलहरु पनि वितरण गरिएको बताईएको छ ।

यसका साथै कोभिडका लक्षण, यसबाट बच्न अपनाउनुपर्ने कुराहरु लगाएतका विषयमा तयार पारिएको जिगंल पनि वितरण गरिएको छ । अब सिमानाकामा प्रहरीले साउन्ड सिस्टम र जिगंल मार्फत प्रचारप्रसारको काम गर्ने छ । यो भन्दा अगाडि कोभिड नियन्त्रणको लागि जिल्लास्थित गैरसरकारी संस्थाहरुले कार्ययोजना निर्माण गरे अनुरुप साउन्ड सिस्टम र जिगंल सहयोग गरिएको हो । 

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update