Kakhara सबैको खबर सम्पूर्ण खबर
गुणात्मक शिक्षा र मेरो शिक्षण अनुभव

१. विषय प्रवेश
सामान्यतया एउटा व्यक्तिमा आधारभूत गुणहरू शारीरिक, मानसिक, सामाजिक, एवम् संवेगात्मक गुणहरू हासिल गर्न अभिप्रेरित गर्ने शिक्षालाई गुणात्मक शिक्षा भनिन्छ। तर एउटा व्यक्तिलाई उल्लेखित गुणहरूले मात्र आजको प्रतिस्पर्धात्मक युगमा समायोजन गर्न सक्दैन । त्यसैले समाजमा राजनीतिक, सामाजिक, सांस्कृतिक एवम् आर्थिक प्रणालीले ल्याउने प्रभाव र विश्वव्यापीकरणको कारण विश्व नै एक गाउँ जस्तो भई विज्ञान एवम् प्रविधिको चरम विकासको कारणले एउटा व्यक्तिलाई समायोजित जीवन निर्वाह गर्न र अरूको लागि सेवामूलक कार्य गर्नुलाई व्यक्तिका हरेक क्षेत्रमा रचनात्मक एवम् प्रतिस्पर्धी गुण उत्पादन गर्ने सवाल हाम्रो सामु उपस्थित देखिन्छ । तसर्थ विशिष्ट अर्थमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान गर्न सक्ने व्यक्ति अर्थात् दक्ष एवम् विज्ञ जनशक्ति उत्पादन गर्न अभिप्रेरित शिक्षालाई गुणात्मक शिक्षा भनिन्छ ।

२. गुणात्मक शिक्षाले समाजमा पार्ने प्रभाव
शिक्षाको मूलभूत उद्देश्यहरूमध्ये सु - सभ्य समाजको निर्माण गर्ने हो । त्यसैले संसारका सबै राष्ट्रहरू एवम् अन्तर्राष्ट्रिय एवम् राष्ट्रिय सङ्घ संस्थाहरू सबै गुणात्मक शिक्षाको लागि सबै प्रकारका लगानीहरूलाई शिक्षा क्षेत्रमा लगानी गर्ने सवालमा प्रतिबद्ध देखिन्छन् किनकि गुणात्मक शिक्षाले मात्रै समाजलाई आवश्यक पर्ने आदर्श नागरिक उत्पादन गर्न मद्दत पुर्‍याउँछ । विश्वविख्यात दार्शनिक ओशोले "खराब व्यक्ति खराब शिक्षाको परिणाम हो।" भने झैँ खराब शिक्षालाई न्यून गर्न सायद सबै सरोकारवालाहरू सैद्धान्तिक हिसाबले एकमत हुन्छन् । तर व्यवहारमा प्रयोग गर्दा शिक्षा क्षेत्रमा हुने भ्रष्टाचारको कारण गुणात्मक शिक्षा प्रणाली लागु गर्ने सवालमा तमाम समस्याहरू आइरहेको देखिन्छ। तथापि गुणात्मक शिक्षा गर्ने सिलसिलामा सरोकारवालाहरू लागू गरेको देखिन्छ। माथि उल्लेखित गरिए भी सु सभ्य समाज निर्माण गर्नलाई दक्ष एवम् आदर्श नागरिकहरूको आवश्यकता पर्दछ। त्यसैले नागरिक शिक्षा प्रदान गर्न सक्ने गुणात्मक शिक्षाले समाज निर्माणमा प्रत्यक्ष प्रभाव पार्दछ ।

गुणात्मक शिक्षाका लागि परीक्षामा चिट चोर्ने परम्परालाई निरुत्साहित गर्दै विज्ञान प्रविधिलाई जोडेर वैज्ञानिक परीक्षा प्रणाली लागू गर्दै शैक्षिक माफियाहरूलाई कारबाहीको दायरामा ल्याउँदै समाजलाई गुणात्मक शिक्षा हासिल गराउने कुरामा राज्य, सरकार, नागरिक समाज, विज्ञहरू, सङ्घसंस्थाहरू लगायत शिक्षासँग सरोकारवालाहरू सबैले गुणात्मक सामरिक लागि ध्यान दिनुपर्दछ ।

३. गुणात्मक शिक्षाको लागि के गर्ने ?
गुणात्मक शिक्षाको लागि शिक्षा क्षेत्रमा देखा परेका विकृति एवम् समस्याहरूको बारेमा अनुसन्धानमूलक अध्ययन गरी र स्तरीय उपायहरू खोजी लागु गर्नुपर्छ । अहिले शिक्षामा शैक्षिक माफियाहरूको बोलवाला देखिन्छ । त्यसैले गुणात्मक शिक्षासँग सरोकार भई राज्य, सरकार, नागरिक समाज, विभिन्न सङ्घसंस्थाहरू एवम् विज्ञहरूले शैक्षिक माफियाहरूलाई कारबाहीको लागि अग्रसर हुने गर्नुपर्छ भने अर्कोतिर शिक्षाका विज्ञान, प्रविधिलाई तीव्र गतिमा जोडेर परीक्षा प्रणालीलाई वैज्ञानिक परीक्षा प्रणालीमा परिणत गर्नुपर्छ र शिक्षक, विद्यार्थी, अभिभावकहरूलाई अब्राहम लिङ्कनले "नक्कल गरेर उत्तीर्ण हुनुभन्दा अनुत्तीर्ण हुनु वेश।" भने झैँ परीक्षामा चिट गर्ने संस्कारलाई न्यूनीकरण गर्दै नियन्त्रणको बाटोतिर अग्रसर गराउने कुरामा सबैको चासो हुनुपर्छ। अहिले राम्रो पक्ष त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयहरूको अहिले राम्रो पक्ष त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयहरूको परीक्षामा सिसी क्यामेरा समेत जडान गर्ने गरिरहेको देखिन्छ। त्यसै सिलसिलामा विद्यालय स्तरका परीक्षाहरूमा पनि यो परिपाटीलाई अगाडि बढाउनुपर्छ। जे होस् गुणात्मक क्षेत्र भनेर शिक्षा क्षेत्रलाई चिनाउन आवश्यकता पहिचान गरी सो अनुकूल उपायहरू अवलम्बन गर्नुपर्छ ।

४. गुणात्मक शिक्षाको सवाल सन्दर्भमा मेरो शिक्षण अनुभव
मेरो मानसपटलमा २०५० सालतिर कक्षा ४ मा सरस्वती आधारभूत विद्यालय हरलेखारामा अध्ययन गर्दा मेरा गुरुहरूले गुणात्मक शिक्षाको बारेमा हामीलाई भनेको याद आउँछ र उहाँहरूले गुणात्मक शिक्षा हासिल गर्नलाई कडा परिश्रम गर्नुपर्छ र परीक्षामा कहिल्यै पनि चिट चोर्नु हुँदैन भन्नुहुन्थ्यो । अहिले यो लेख तयार गर्दै गर्दा तत्कालीन समयमा गुणात्मक शिक्षाको अवधारणा गराउनु हुने सबै गुरुलाई धन्यवाद दिँदै गुणात्मक शिक्षाको लागि कडा परिश्रम गर्ने र परीक्षामा कहिल्यै चिट चोर्नु हुँदैन भन्ने कुरामा जोड गर्न चाहन्छु । त्यसरी गुणात्मक शिक्षाको अवधारणा हासिल गरेपछि मैले मेरो विद्यार्थी जीवनकालमा कडा परिश्रम गर्ने र परीक्षामा आफूले जाने जति कुराहरू मात्र लेख्ने कुरामा प्रयत्न गरिरहे जसको परिणाम स्वरूप म कक्षा पाँच देखी एस .एल. सी. सम्म आफ्नो कक्षामा लाटो देशको गाँडो तन्नेरी भने झैँ प्रथम पनि भएको थिए। वि.सं. २०५६ सालको एसएलसी बोर्ड परीक्षामा श्री साधारण मावि मुरु डाँडाबाट प्रथम श्रेणीमा उत्तीर्ण भएर पनि मैले आफ्नो आर्थिक समस्याको कारण ट्युसन, कोचिङ सहित आजसम्म करिब २५ वर्षको समय निजी, अनुदान हुँदै स्थायी शिक्षक हुँदासम्म शिक्षणको क्षेत्रमा बिताएँ । यस सन्दर्भमा मेरा तमाम प्रशस्त तिता, मीठा अनुभवहरू छन् ।

सन्दर्भ यहाँ गुणात्मक शिक्षाको भएकोले मैले शिक्षण गरेका विद्यालयहरू श्री साधारण मावि मुरुमा ट्युसन, कोचिङको सिलसिला र श्री युवा जनजागरण मावि झुल्नेटामा करिब २ वर्ष अनि श्री जनशक्ति मावि बिताडाँडा सबैभन्दा लामो समयसम्म शिक्षण गरे गुणात्मक शिक्षाको लागि शिक्षक भएर प्रयत्न गरेको हुँ। तर यी विद्यालयहरूसँग सरोकार राख्ने धेरै जसो व्यक्तिहरूले गुणात्मक शिक्षाको महत्त्व सम्बन्धी चेतनाको कमीका कारण मलाई मेरो शिक्षणमा निक्कै बाधाहरू आइरहे। सायद मसँग काम गरेका सहपाठीहरूलाई सम्झिराखेर भन्न चाहन्छु कि परीक्षामा चिट चोराउन नजाने शिक्षक के काम ? यसलाई विद्यालयमा राख्नु के फाइदा ? यसलाई निकाल्नुपर्छ भनेर कारबाहीको धम्की दिइरहे ।

शिक्षाका विज्ञान, प्रविधिलाई तीव्र गतिमा जोडेर परीक्षा प्रणालीलाई वैज्ञानिक परीक्षा प्रणालीमा परिणत गर्नुपर्छ र शिक्षक, विद्यार्थी, अभिभावकहरूलाई अब्राहम लिङ्कनले "नक्कल गरेर उत्तीर्ण हुनुभन्दा अनुत्तीर्ण हुनु वेश।" भने झैँ परीक्षामा चिट गर्ने संस्कारलाई न्यूनीकरण गर्दै नियन्त्रणको बाटोतिर अग्रसर गराउने कुरामा सबैको चासो हुनुपर्छ ।

तर म मेरो आदर्शमा कहिल्यै पनि सम्झौता गरिन । यस सन्दर्भमा हौसला प्रदान गर्नु हुने मुरुका शिक्षा प्रेमी मेरो गुरु नरसिंह पुन र श्री बालाराम पुनज्यूलाई म विशेष सम्झन चाहन्छु। यसको मतलब अन्य मलाई सहयोग गर्ने व्यक्तित्वहरूलाई अपमान गर्न भने खोजेको होइन । आज मेरा सामु बाँकी मेरो शिक्षण समयावधिमा परीक्षामा चिट चोराउनु हुँदैन भन्ने आदर्शलाई जोगाउन सकुँला कि नै भन्ने चुनौती छ । आशा छ, गुणात्मक शिक्षाको महत्त्व बढ्दै जानेछ र मलाई सहज हुने छ ।

निष्कर्षः गुणात्मक शिक्षाका लागि परीक्षामा चिट चोर्ने परम्परालाई निरुत्साहित गर्दै विज्ञान प्रविधिलाई जोडेर वैज्ञानिक परीक्षा प्रणाली लागू गर्दै शैक्षिक माफियाहरूलाई कारबाहीको दायरामा ल्याउँदै समाजलाई गुणात्मक शिक्षा हासिल गराउने कुरामा राज्य, सरकार, नागरिक समाज, विज्ञहरू, सङ्घसंस्थाहरू लगायत शिक्षासँग सरोकारवालाहरू सबैले गुणात्मक सामरिक लागि ध्यान दिनुपर्दछ । हुँदैन भन्ने आदर्शलाई जोगाउन सकुँला या नसकुँला भन्ने चुनौती छ । आशा छ, गुणात्मक शिक्षाको महत्त्व बढ्दै जानेछ र मलाई सहज हुने छ ।

दीपेन्द्र ओली
स्थायी ठेगाना- त्रिवेणी गाउँपालिका ३ रुकुम पश्चिम
पेसा- शिक्षण
हाल कार्यरत- उत्तरगंगा आधारभूत विद्यालय सेरावालुवा, पुथाउत्तरगंगा ११ रुकुम पूर्व
Email: [email protected]

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update