
रुकुम सिम्रुतुस्थित त्रिवेणी माध्यमिक विद्यालयमा २०४८ ताका विद्यार्थीको सङ्ख्या निरन्तर बढिरहेको थियो । विद्यार्थी सङ्ख्या बढ्दा शिक्षक सङ्ख्या बढाउनुपर्ने आवश्यकता थियो । विद्यालयमा अन्यत्रबाटै काजमा तानिएको १ जना शिक्षकको मात्र स्थायी दरबन्दी थियो । बाँकी निजी स्रोतका दरबन्दीहरू थिए । विद्यार्थी शुल्क र तिहारको देउसी भैलोबाट उठेको पैसाबाट निजी स्रोतका शिक्षकलाई पारिश्रमिक दिइन्थ्यो । दरबन्दी सीमित भएको कारणले शिक्षकले विश्राम नलिई ७ वटै पिरियड कक्षा लिनुपर्ने बाध्यता थियो ।
शिक्षक र विद्यार्थी बढेपछि प्रशासनिक काम पनि बढ्ने नै भयो । विद्यार्थी त पानी खान नजिकै रहेको खाराखोलाको मूलसम्म पुग्थे तर शिक्षकहरू बारम्बार कक्षा छोडेर मूलतिर धाउने समय र प्रतिष्ठाको कारण सम्भव थिएन । विद्यालयको नियमित सरसफाइ गर्न र पानी ल्याएर शिक्षक विद्यार्थीहरूलाई खुवाउनको लागि एक जना कार्यालय सहयोगी नभई नहुने आवश्यकता खट्कियो ।
अतः न्यूनतम वेतनमा काम गराउने गरी कार्यालय सहयोगी भर्ना गर्न ७ दिनको म्याद दिई कार्यालय सहयोगीको आवश्यकताको सूचना आह्वान गरियो । निवेदनको मूल्याङ्कनको लागि वस्तुनिष्ठ आधारहरू यसरी तय गरिएको थियो:
१. दैनिक प्रशासनिक कार्यमा सहयोग गरेबापत अङ्क: २० को आधारमा पारिश्रमिक रु १००।--
यसअन्तर्गत फाइल, कागजात र शैक्षिक सामग्रीहरूको व्यवस्थापन र सार्न सहयोग गर्ने, आवश्यक कागजात र चिठीपत्रहरू सम्बन्धित ठाउँमा पुर्याउने र ल्याउने, स्टाफ मिटिङ र व्यवस्थापन समिति बैठक र अतिरिक्त क्रियाकलापहरूको तयारीमा मद्दत गर्ने आदि काम तोकिएको थियो ।
२. सफाइ र व्यवस्थापनबापत अङ्क: २० को आधारमा पारिश्रमिक रु १००।--
यसअन्तर्गत बिहान ९ बजे पहिल्यै विद्यालयमा आइपुगेर गेट तथा कोठाहरू खोल्ने, अफिस कोठा, विद्यालय परिसर कक्षा कोठाहरू दैनिक बढार्नुपर्ने र हप्ताको एक चोटि गोबर माटोले लिप्नुपर्ने, विद्यालयका कुर्सी, बेन्च, फर्निचर, शैक्षिक सामग्रीहरू, विद्यालयका छापहरू र अन्य कार्यालय सामग्रीको संरक्षणमा ध्यान दिने । बेलुका बिदापछि प्रत्येक कोठा ताल्चा लगाउने आदि कामहरू तोकिएको थियो ।
३. कागजात र पत्राचार व्यवस्थापनबापत अङ्क: २० को आधारमा पारिश्रमिक रु १००।--
प्रधानाध्यापकको आदेशअनुसार विद्यार्थीका अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूलाई विद्यालयमा बोलाउने, विद्यालयमा विद्यार्थी तथा शिक्षकको लागि शुद्ध पानीको निरन्तर व्यवस्था गर्ने, पाहुनाहरूलाई स्वागत र आवश्यक सेवामा सहयोग गर्ने, स्टाफ मिटिङ, व्यवस्थापन समिति बैठक र अनुगमन कर्मचारीहरू आउँदा आवश्यकताअनुसार चिया, खाजा तयार गरी वितरण गर्ने आदि कामहरू तोकिएको थियो ।
४. अन्य सहयोगी कार्यहरूबापत अङ्क: २० को आधारमा पारिश्रमिक रु १००।--
सुरुमा यी व्यक्तिबाट काम लिन सकिन्न कि भन्ने शङ्का थियो । तर बिस्तारै उनको स्वभाव बदलिँदै गए । आचरण सुधार्दै गए । केही समयको अन्तरालमै विद्यालयमा सबैको प्रियपात्र बन्न सफल भए ।
यसअन्तर्गत विद्यालयको बगैँचाको हरहिफाजत गर्ने, पानी हाल्ने, समय नबिराई पिरियड फेरिएको घण्टी तथा बिदाको घण्टी लगाउने तथा प्रधानाध्यापक र शिक्षकहरूले लाए अह्राएका अन्य कार्यहरू गर्ने आदि कामहरू तोकिएको थियो ।
५. आवश्यक सिप र योग्यतावापत: अङ्क: २० को आधारमा पारिश्रमिक रु १००।--
यसअन्तर्गत निम्नानुसारको सिप र योग्यता तोकिएको थियो:
• कम्तीमा साक्षर हुनुपर्ने । माथिल्लो योग्यतालाई प्राथमिकता दिइने ।
• शारीरिक रूपमा सक्रिय हुनुपर्ने ।
• फाइलिङ, पत्राचार, र सामान्य उपकरण चलाउन सक्ने क्षमता हुनुपर्ने
• इमानदार शिष्ट र सहयोगी व्यवहार हुनुपर्ने ।
उक्त कार्यको लागि शिक्षक छविलाल खड्काको संयोजकत्वमा ३ सदस्यीय मूल्याङ्कन समिति गठन गरियो । मूल्याङ्कन समितिले दिएको कूल प्राप्ताङ्कको आधारमा मात्र पारिश्रमिक निर्धारण गरिने र नियुक्ति पाइसकेपछि उल्लिखित कामहरू नगरेको पाइएमा जुन काम नगरेको हो त्यसबाट दामासाहीले पारिश्रमिकबाट कट्टी गरिने र बारम्बार असक्षमता देखाएर सेवाबाट हटाइने सर्तसमेत राखिएको थियो । माथि दिइएको आधारमा आफ्नो पारिश्रमिकको प्रस्ताव निवेदक आफै प्रस्ताव गर्न सक्ने व्यवस्था गरिएको थियो ।
मापदण्ड जटिल प्रकारको भएको र पारिश्रमिक न्यून देखेर धेरैजसोले निवेदन हाल्न डराए । अन्तिम दिनसम्म ५ जनाले निवेदन हालेपछि मूल्याङ्कन समितिले तुलबहादुर बोहराको नाम छनौटको लागि सिफारिस गर्यो ।
तुलबहादुर हेर्दाखेरि नै भयङ्कर देखिन्थे । आँखा राताराता कठोर देखिन्थे । जुम्सो जुम्सो मुखाकृति थियो । हट्ठाकट्ठा थिए हाउभाउ कठोर थियो । हिँडाइमा गर्विलो तर खोच्याए जस्तै थियो । आफ्नै कुरामा जिद्दी गर्थे । हठी र अटेर स्वभावका देखिन्थे । घरी गलललल हाँस्थे त घरी रिसाहा देखिन्थे । आक्रोश र उत्तेजनापूर्ण बोली थियो । सुरुसुरुमा विद्यार्थीहरूसँग बिनसित्ति विवाद गर्ने र हप्काउने पनि गर्दथे ।
केही समयपछि उनले स्कुलको जागिर छोडेछन् । मेरो अज्ञात अवस्थाको जानकारी पाएपछि कुनै दिन तुलबहादुरको इमानदारितामा उनको चरम गरिबीले विचलन सिर्जना गरेछ । उनले मेरो घरमा पुगी 'हेडसरले उधारो खाएर पैसा नतिरेकोले पैसा तिरिदेऊ !' भनी मेरो आमा बालाई दबाब दिएछन् र नगदको सट्टा प्याजको बिउ लिएरै भए पनि नखाएको उधारो असुल गरेछन् ।
उनले आफ्नो पारिश्रमिक रु ३०० मात्र प्रस्ताव गरेको हुनाले र केही विद्यार्थी तथा शिक्षकहरूको सहयोग लिई निवेदन फाराममा भर्नुपर्ने कुराहरू अधिकांश भरेको हुँदा उनी मूल्याङ्कनमा उत्तीर्ण भई सिफारिस भएका रहेछन् ।
सुरुमा यी व्यक्तिबाट काम लिन सकिन्न कि भन्ने शङ्का थियो । तर बिस्तारै उनको स्वभाव बदलिँदै गए । आचरण सुधार्दै गए । केही समयको अन्तरालमै विद्यालयमा सबैको प्रियपात्र बन्न सफल भए ।
उनी मुस्किलले साक्षर भए पनि विद्यालयको तोकिएको काममा कहिल्यै तलमाथि पारेनन् । विद्यालयको नियमित सरसफाइमा ध्यान पुर्याए । पानी ओसारे । उनकै मद्दतले रुँघाखोलाको मूलबाट पाइप हाली विद्यालय प्राङ्गणमै पानी पुर्याइयो । फूलबारीमा पनि उनको मिहिनेत राम्रै देखियो । उनले घण्टी बजाउनकै लागि नाडीमा घडी जोडे र समय फरक नपारी घण्टी हाने । उनको पारिश्रमिक काट्ने ठाउँ कतै छोडेनन् ।
महिनाको अन्तिममा उनैले प्रस्ताव गरेअनुसार रु ३००। मात्र पाउँथे । कम पारिश्रमिक भयो भनेर उनले कहिल्यै विद्यालय प्रशासनसामु गुनासो गरेनन् र यसको असर आफ्नो कर्तव्यमा कतै देखिन दिएनन् ।
उनको परिवार गरिबीले आक्रान्त थियो । बिहान बेलुका हातमुख जोड्नै धौधौ पर्थ्यो । उनले यस स्कुलमा जसरी पनि छिर्नको लागि कमै पारिश्रमिक प्रस्ताव गरेको छर्लङ्ग थियो । तर उनको सम्पादन गरेको कामको हिसाबले न्यून पारिश्रमिक दिनु अन्यायपूर्ण थियो । उनको तलब बढाइदिनको लागि न विद्यालयको थप आर्थिक स्रोत थियो न त साबिक सम्झौता परिवर्तन गर्न सकिने अवस्था थियो ।
प्राथमिक विद्यालय पनि हाई स्कुलमा गाभिएपछि उनका बच्चाहरू पनि त्यही स्कुलमा भर्ना भए र निःशुल्क पढ्ने व्यवस्था मिलाइयो । यदि उनी कार्यालय सहयोगीमा सिम्रुतु स्कुलमा छिर्न नसकेको भए उनका बच्चा बच्चीले आजन्म शिक्षा पाउने अवसरबाट वञ्चित हुने सम्भावना थियो ।
एक दिन उनलाई बोलाएर भनेँ, "यस विद्यालयको लागि क्यान्टिनको पनि टड्कारो आवश्यकता छ तुलबहादुर, बरु तिमी क्यान्टिन पनि चलाऊ । विद्यार्थी तथा शिक्षकहरूलाई खाजा खुवाउँदा तिमीलाई केही नाफा पनि हुनसक्छ । तिमीलाई स्कुलको न्यून पारिश्रमिकको क्षतिपूर्ति क्यान्टिनबाट हुनेछ ।"
नभन्दै उनले स्कुलनजिकको तपिलाल खडकाको घरमा क्यान्टिन सञ्चालनको लागि कोठा पनि पाए र स्कुलको काम र क्यान्टिनको काम सँगसँगै गर्न थाले । यसले स्कुलको काममा बारम्बार अवरोध आउन थाल्यो । अरू शिक्षक र विद्यार्थीले भनेको उनले उति टेर्दैनथे । आफैले कहिले फकाएर कहिले हप्काएर कहिले जागिरबाट निकाल्ने धम्की दिएर काम लगाउनुपर्ने अवस्था सिर्जना भयो । उनको स्वभाव फेरि पहिलेजस्तै होला कि भन्ने पिर पर्न थाल्यो ।
विद्यालयको प्रशासनिक काम झन् झन् थपिँदै थियो । उनीबाट मात्र काम नचल्ने देखिएपछि अर्को कार्यालय सहयोगी भूपेन्द्र बोहरालाई पनि भर्ना गरियो । दुई जनाले काम गर्दा दुवैले एक अर्कालाई काम पन्छाउने प्रवृत्ति झनै बढ्यो । तुलबहादुरले होटेल चलाउन छोडेनन् । सिम्रुतु बजारमै सबैभन्दा सस्तोमा उनले खाजा खुवाउँथे । विद्यार्थीहरूले र शिक्षकले उनकै क्यान्टिनमा महिनावारी खाजा खाने गर्दथे । महिना बित्ने बित्तिकै खाजाको पैसा चुक्ता भइहाल्थ्यो । यसमा विद्यालयको आर्थिक प्रशासनको पनि सहयोग पाएका थिए ।
यत्तिकैमा तत्कालीन द्वन्द्वको प्रत्यक्ष प्रभावले गर्दा म काठमाडौँतिर पलायन भएँ । विद्यालय छोड्नु पूर्व सिम्रुतुस्थित सबै पसलका बाँकी उधारोहरू तिरिसकेको थिएँ । काठमाडौँ पुगेपछि नितान्त परिवारबाहेक अरूसँग सम्पर्कविहीन भएँ ।
केही समयपछि उनले स्कुलको जागिर छोडेछन् । मेरो अज्ञात अवस्थाको जानकारी पाएपछि कुनै दिन तुलबहादुरको इमानदारितामा उनको चरम गरिबीले विचलन सिर्जना गरेछ । उनले मेरो घरमा पुगी 'हेडसरले उधारो खाएर पैसा नतिरेकोले पैसा तिरिदेऊ !' भनी मेरो आमा बालाई दबाब दिएछन् र नगदको सट्टा प्याजको बिउ लिएरै भए पनि नखाएको उधारो असुल गरेछन् । धेरैपछि आमा बाले मलाई यो कुरा सुनाएपछि मैले कुनै प्रतिक्रिया जनाइनँ । किनकि, उनको चरम गरिबी र इमानदारिताको विषयमा म पूर्ण जानकार नै थिएँ ।
केही वर्षपछि म रुकुम फर्किएँ र उनको बारेमा सोधखोज गरेँ । उनले त सामान्य घर कलहकै कारणले अनायास आत्महत्या गरेछन् । यो दुखद खबरले मलाई मर्माहत तुल्यायो ।