Kakhara सबैको खबर सम्पूर्ण खबर
एनजीओ, आइएनजिओको धोती हावामै उड्यो !

नेपालमा वर्षौँदेखि “समाजसेवा “विकास” र “गरिबी निवारण  का नाममा विदेशी पैसा पचाउँदै आएका नेता, कर्मचारी, NGO माफिया र बुद्धिजीवीहरूको बिलौना सुरु भएको छ । किनभने, डोनाल्ड ट्रम्पले INGO/NGO को रकम रोक्ने घोषणा गरेपछि तिनीहरूको दानापानी नै बन्द भयो !

अब प्रश्न उठ्छ-यी दलालहरू के गर्थे, कसरी पचाउँथे, अनि अब के गर्दै छन् ?

विदेशी पैसा पचाउने प्रमुख खेलाडीहरू
राजनीतिक दलका नेताहरू-कम्युनिस्टदेखि काँग्रेससम्म सबै सेटिङमा छन् ।

नेपालका ठुला दलहरू-एमाले, काँग्रेसका  नेताहरू विदेशी दाताहरूको खल्तीमा थिए । गरिबी निवारण" भनेर INGO/NGO हरूले दिने अर्बौँ रुपैयाँको कमिसन नेताहरूको कोटमा पस्ने, ब्रिफकेसमा डलर बोकेर नेताहरूसँग सेटिङ मिलाउने NGO सञ्चालकहरू हिजोसम्म दातृ निकायसँग घुमिरहेका थिए, अब टेबल खाली छ । अब विदेशी पैसा रोकिएपछि नेताहरू कार्यकर्तालाई खाजा खुवाउन सकिरहेका छैनन्, किनभने तिनका, आन्दोलन, गोष्ठी, सेमिनार सब विदेशी पैसा मै निर्भर थिए छन् ।

२०२३ मा मात्र नेपालमा INGO/NGO बाट करिब २५ अर्ब रुपैयाँ भित्रिएको थियो, जसको ठुलो हिस्सा राजनीतिक पहुँच भएकाहरूले हजम गरे ।

NGO मालिकहरू-समाजसेवा होइन, व्यापार गर्छन् !

नेपालमा  अनेकौँ  NGO छन्, तर वास्तविक समाजसेवा गर्ने गन्ने हो भने एउटा वटा पनि भेटिँदैनन् !

महिला सशक्तीकरण", "शिक्षा सुधार", "गरिब उद्धार" का नाममा आएको पैसा नक्कली प्रोजेक्ट, झुट्टा बिल, सेमिनार, भ्रमण र महँगा गाडीमा सकिन्थ्यो ।

NGO सञ्चालकहरू नेताहरूका दलाल मात्र हुन्-उनीहरूलाई कमिसन दिन्छन्, मिलेर सरकारी स्वीकृति पास गर्छन्, अनि मिलेर पैसा बाँड्छन् ।

हिजोसम्म विदेशी सहयोगको पैसा लिएर पजेरो चढ्नेहरू आज सवारीसाधन ग्यारेजमै थन्क्याएर हिँड्न थालेका छन् । 

कसरी पैसा पास गर्ने, कसरी “सही” NGO लाई काम दिने, अनि कतिमा मिलाउने भन्ने उनीहरूकै हातमा हुन्छ ।

अब विदेशी सहायता बन्द भएपछि सयौँ कर्मचारीहरूको साइड इनकम गयो, न त अब "फाइभ स्टार हाेटेलमा मिटिङ" हुन्छ, न त कुनै "स्टडी टुर" !

धेरै सरकारी कर्मचारीहरू NGO का परामर्शदाता (Consultant) बनेर पनि खाइरहेका थिए, त्यो पनि बन्द भयो ।

INGO/NGO को पैसामा राजनीति गर्नेहरूको बिचल्ली भएको छ । डोनाल्ड ट्रम्पको निर्णयले नेपालका कङ्गाल राष्ट्रवादीहरू, झुटा समाजसेवीहरू, NGO दलालहरू र सरकारी कमिसनखोरहरूलाई नङ्ग्याइदिएको छ ।

एमालेको आकाश भत्कियो, धरती चिरियो !
डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (INGO) र गैरसरकारी संस्था (NGO) को रकम रोक्ने घोषणा गरेपछि नेपालमा एमालेहरूले  भूकम्पको धक्का महसुस गरेका छन्  तर यो भूकम्प भूगर्भीय गतिविधिबाट होइन, एमालेको मुख्य स्रोत रोकिएर आएको हो !

"हामी जनताको पार्टी हौँ" भन्ने एमालेका नेताहरू हिजोआज अकस्मात् धपेडीमा छन् । किनभने, विकासका नाममा विदेशी रकम ल्याएर आफ्ना सङ्गठन पोस्ने, चुनावमा प्रचार गर्ने, कार्यकर्तालाई "भत्तावाला आन्दोलन " गराउने सबै योजना धमाधम बन्द हुँदै छन् ।

एमालेले देशभक्तिको खोल ओढे पनि, दशकौँदेखि विदेशी दातृ निकायका अर्बौँ रुपैयाँ भित्र्याउँदै आएको थियो । यी रकमबाट "राष्ट्रिय स्वाभिमान" को गीत गाउने, कार्यकर्तालाई खाजा खुवाउने, नेताका महँगा गाडी भित्र्याउने चक्र चल्दै थियो । तर ट्रम्पको एकै प्रहारले त्यो सबै तहसनहस भयो !

आम कार्यकर्ता  हैरानमा छन् विगतमा "जनताको सच्चा प्रतिनिधि" भन्दै भाषण दिने नेताहरूले किन INGO को रकम रोकिँदा गला सुकाए ?

एमालेका नेताहरूलाई अहिले थाहा भइसकेको छ– विदेशी सहयोग बिना विकास भन्ने कुरा "नारा" मात्रै रहेछ। ट्रम्पको एक निर्णयले एमालेको शक्ति, सङ्गठन सबैतिर धक्का पुर्‍याएको छ। अब के-कस्तो नौटङ्की गर्ने हुन्, त्यो हेर्न बाँकी छ !

एमालेका नेताहरूलाई अहिले भोलिको चिन्ताले सताएको छ । किनभने, जुन "जनताको विकास" भन्दै उनीहरूले भाषण ठोक्थे, त्यो विदेशी दाताले पठाएको पैसामा निर्भर थियो । अब त्यो पैसाको मूल सुक्दै छ ।

विदेशी पैसा रोकिँदैमा एमालेले किन तड्पियो ?
नेपाललाई आत्मनिर्भर बनाउने भन्ने नेताहरू किन विदेशी चन्दामा रुन थाले ?
अब युवा संघलाई मासिक खाजा कसले खुवाउने ?
नेताका कोठी (bungalow) मा रङ कसले लगाउने ?

सामाजिक अभियानको नाममा चल्ने दलाली व्यापार कसरी टार्ने ?

सबैभन्दा ठुलो झड्का चाहिँ एमालेका "थिंक ट्यांक" हरूलाई परेको छ। किनभने उनीहरू जबजको  भन्दा बढी प्रोजेक्ट म्यानेजमेन्ट मा व्यस्त थिए !

गगन थापा विदेशीलाई मागेर देश विकास गर्छौ भन्थे काँग्रेसको पनि मुहान सुक्यो अब के गर्छन् ?

डोनाल्ड ट्रम्पले INGO/NGO  र mcc को रकम रोक्ने घोषणा के गरे, नेपाली काँग्रेस र गगन थापाको लुगा फुस्सै उत्रियो ! दशकौँदेखि प्रजातन्त्र र लोकतन्त्र नारा दिँदै विदेशी पैसामा राजनीति गर्दै आएको नेपाली काँग्रेस अहिले हावाले उडाएको छाताजस्तो भएका छन् ।

विदेशी रकम नआउने भए अब के गर्ने ?
हिजोसम्म अमेरिका, युरोपको पैसा "राष्ट्र निर्माण" मा खपत भइरहेको भनेर आत्मनिर्भर नेपालको भाषण ठोक्ने नेता गगन थापा आजभोलि न नयाँ नाराहरू सोच्न सकेका छन्, न सहयोगका नयाँ ढोका फोड्न सकेका छन् अब भएन त बिजोग ? पार्टी कार्यालयको बिल कसले तिर्छ ?

ट्रेनिङ, गोष्ठी, सेमिनार चलाउने पैसो आउँछ कि आउँदैन ?

माओवादी जनयुद्धलाई गाली गर्ने किताब लेख्ने लेखकलाई पारिश्रमिक कहाँबाट दिने ?

यो तथ्य खुलेरै आयो गगन थापाको थापाको डलरले डकारिएका डकार र उनीहरूले भन्ने  समृद्धि  वास्तवमा अमेरिकी डलरमा आधारित प्रणाली थियो । जनतालाई "हामी गरिबका पक्षमा छौँ" भनेर भाषण दिने, तर आफैँ अमेरिकी पैसामा रमाउने प्रवृत्ति सधैँका लागि नाङ्गियो ।

काँग्रेसको प्रजातान्त्रिक समाजवाद भन्नु भनेको विदेशी डलरमा चल्ने भिखारी अर्थव्यवस्था मात्र रहेछ भन्ने कुरा अहिले छर्लङ्ग भएको छ ।

कार्यकर्तालाई "युवा सशक्तीकरण" का नाममा चिया-नास्ता खुवाउने पैसा रोकियो !

नेताहरूको विदेश भ्रमण, सेमिनार, गोष्ठीको बजेट खत्तम !
"शिक्षा सुधार" को नाममा कमिसन खाने प्रोजेक्टहरू बन्द !
पार्टीका ठुला नेताहरू रातभर निदाउन सकेका छैनन् । नेताका बङ्गला, गाडी, विदेश भ्रमणको बिल तिर्ने पैसा छैन !

लेखक अखिल (समाजवादी)का केन्द्रीय सदस्य हुनुहुन्छ ।

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update