Kakhara सबैको खबर सम्पूर्ण खबर
पिएम कपका लागि ताराप्रसादको कप्तानीमा रुकुमको टिम घोषणा,  टोली सुर्खेत प्रस्थान

प्रधानमन्त्री कप क्रिकेटका लागि रुकुम पश्चिमको टिम घोषणा गरिएको छ । जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिमले शनिवार टिम घोषणा गरेको हो । शनिवार सञ्चालन भएको छनोट कार्यक्रमबाट ताराप्रसाद गिरी विवशको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो । 

टिममा रमेश कामी, विजय पुन, प्रतीक गिरी, कुनाल रावल, राजेश रावल, सुशान्त नेपाली र नवीन गौतम रहेका छन् । त्यस्तै गणेश भुसाल, युनिशविक्रम सिंह, अनुज चनारा, सुगम पोखरेल, भुवन भण्डारी, टेकम भण्डारी र राजेन्द्र शाही पनि टिममा रहेका छन् । टिम कोचमा कुलप्रसाद ओली रहेका छन् । 

शनिवार मुसिकोट खलङ्गामा छनोट कार्यक्रम सञ्चालन भएको थियो । छनोटमा ४९ जना खेलाडीहरू सहभागी भएका थिए । पहिलो चरणबाट दोस्रो चरणका लागि १९ जना खेलाडी छनोटमा परेका थिए । त्यसबाट १५ जनाको अन्तिम टोली घोषणा गरिएको जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिमले जनाएको छ । 

xanot-1740278599.jpg
जिल्ला छनौट कार्यक्रमको शनिवार बिहान जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेशकुमार शर्मा र मुसिकोट नगरपालिका सामाजिक विकास समितिका संयोजक एक्कबहादुर पाण्डेले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो । जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिमका उपाध्यक्ष गोपाल लामिछानेको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो ।

यसैबिच उक्त टोली प्रदेश छनोट खेल्न सुर्खेत प्रस्थान गरेको छ । रुकुम पश्चिमको टोली आज बिहान सुर्खेत प्रस्थान गरेको हो । प्रधानमन्त्री कप कर्णाली प्रदेश छनोट आजबाट सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदै छ । यो प्रतियोगिताबाट प्रधानमन्त्री कपका लागि कर्णाली प्रदेशको टिम निर्माण गरिने छ ।

team-rukum-1740278588.jpg

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update