
रुकुम पश्चिमको मसिकोट नगरपालिका वडा नम्बर ९ चौखावाङका बेपत्ता दुई बालक ४ दिनपछि परिवारको सम्पर्क आएका छन् । रामलाल विकका १४ वर्षको छोरा दिपक विक र तेजबहादुर नेपालीका ८ वर्षको छोरा सन्देश परियार ४ दिन पछि परिवारको सम्पर्कमा आएका हुन् । खोजतलास गर्दा त्रिवेणी गाउँपालिकाको वडा नम्बर ७ मुरुमा फेला परेको परिवारले जनाएको छ ।
उनीहरु विहिबार सम्पर्क विहिन भएका थिए । सन्देश आफ्नो मावलमा र दिपक ठुलो बुवाको घरमा बस्दै आएका थिए । ती दुई बालकका आमाबुवा रोजगारीको सिलसिलामा भारत बस्दै आएका छन्
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१ १२:२४
प्रतिक्रिया दिनुहोस्