Kakhara सबैको खबर सम्पूर्ण खबर
लुम्बिनी प्रदेश सांसद केसीद्वारा विभिन्न आयोजनाको अनुगमन 
पुल निर्माण अवस्थाकाे अनुगमन गर्दै सांसद केसी ।

लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसीले विभिन्न आयोजनाहरूको अनुगमन गर्नुभएको छ । रुकुम पूर्व प्रदेश सभा ख बाट निर्वाचित केसीले आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालित विभिन्न योजना आयोजनाको अनुगमन गर्नुभएको हो । सडक, पुल, विद्यालय भवन, खेलमैदान, सिँचाइ, खानेपानी लगायतका योजनाको अनुगमन गर्नुभयाे ।

अनुगमनका क्रममा सांसद केसीले गुणस्तरीयतामा ध्यान दिन निर्देशन दिनुभएको छ । निर्माणाधीन अवस्थामा रहेका कामलाई गुणस्तरीय र टिकाउ हुने गरी समयमै काम सम्पन्न गर्न उहाँले निर्देशन दिएको बताइएकाे छ ।

उक्त क्रममा स्थानीयवासीले सांसद केसी समक्ष विभिन्न समस्या समेत राखेका थिए । सांसद केसीले आफूले विकास निर्माणका आवश्यकतालाई जति सक्दो पूरा गर्ने बाचा दिनुभएको थियो । विकास निर्माणको काममा राजनीति गर्न नहुने भन्दै उहाँले गाउँमा आएका विकास निर्माणका योजनालाई सबैले मिलेर सम्पन्न गर्नुपर्ने समेत बताउनुभयो । सांसद केसीले आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालित आयोजनाहरूको नियमित अनुगमन गर्दै आउनुभएको छ । 

अनुगमनमा सांसद केसी सँगै सामाजिक विकास डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख गिरिराज पाण्डे, सडक पूर्वाधार कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख थमबहादुर पाण्डे लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update