Kakhara सबैको खबर सम्पूर्ण खबर
सवारी दुर्घटनामा  दुई जनाको मृत्यु
फाइल फाेटाे ।


सिरहा, पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिर्चैया र धनगढीमाइमा आज भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मिर्चैया नगरपालिका-७ मा रहेकोे ट्रकमा ‘पिकअप भ्यान’ ठोक्किँदा त्यसका सहचालक सिन्धुलीको दुधौली नगरपालिका-१४ का २७ वर्षीय मिलन सुनारको घट्नास्थलमा मृत्यु भएको हो । पिकअप भ्यानका  चालक दुधौली नगरपालिका-१४ का सागर सुनार अवस्था गम्भीर छ । 

यसैगरी, धनगढीमाइ नगरपालिका–१० कसहाबाट लहानतर्फ गइको टिपरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका-५ का ५७ वर्षीय अजबलाल साहको मृत्यु भएको छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update