Kakhara सबैको खबर सम्पूर्ण खबर
पिएम कप छनोट: फाइनलमा आज सुर्खेत र रुकुम पश्चिम भिड्दै 

सुर्खेतमा जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रदेश छनोटको फाइनल खेल आज हुँदै छ । वीरेन्द्रनगरको कालिन्चोक क्रिकेट मैदानमा अहिले बिहान सुरु हुने फाइनलमा सुर्खेत र रुकुम पश्चिम भिड्ने छन् । दुवै टोली अपराजित रहँदै फाइनल पुगेका हुन् । 

सुर्खेतले पहिलो खेलमा दैलेख र दोस्रो खेलमा सल्यानलाई हराउँदै सेमिफाइनल पुगेको थियो । बुधवार भएको सेमिफाइनलमा सल्यानलाई पराजित गर्दै सुर्खेतले फाइनलमा स्थान सुरक्षित गरेको हो । रुकुम पश्चिमले पहिलो खेलमा दैलेख र दोस्रो खेलमा कालिकोटलाई पराजित गर्दै सेमिफाइनल पुगेको थियो भने बुधवार भएको सेमिफाइनलमा कालिकोटलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । 

यस प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम तयार पारिने छ । छनोटमा सुर्खेत, रुकुम पश्चिम, सल्यान, कालिकोट र दैलेख गरी ५ जिल्लाले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update