Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रदेश छनोटमा सुर्खेत प्रथम, फाइनलमा रूकुम पश्चिम पराजित


सुर्खेतमा भएकाे प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट छनोटमा सुर्खेत प्रथम भएको छ । आज भएको फाइनलमा रुकुम पश्चिमलाई हराउँदै सुर्खेत विजेता बनेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको रुकुम पश्चिमले २८.५ ओभरमा १० विकेट गुमाएर ७२ रन मात्र बनाउन सक्यो । रुकुम पश्चिमका राजेश रावलले २९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न सकेनन् ।

रुकुमलाई सस्तैमा समेट्न सुर्खेतका दीप पाैडेलले ५ र सुरज बोहराले ३ विकेट लिए । ७३ रनको लक्ष पछ्याएको सुर्खेतले १२.३ ओभरमा ४ विकेट गुमाएर लक्ष पूरा गरेको थियो ।

सुर्खेतका लागि कप्तान निश्चल रावलले सर्वाधिक ४० रन बनाएका थिए भने भूपेन्द्र शाहीले १२ रनको योगदान गरे । रुकुम पश्चिम र सुर्खेत अपराजित रहँदै फाइनल पुगेका थिए । यस प्रतियोगिताबाट पिएम कपका लागि कर्णाली प्रदेशको टिम तयार पारिने छ । 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update