
रूकुम पश्चिमकाे आठबिसकाेट नगरपालिकामा जिप दुर्घटना भएकाे छ । वडा नम्बर ११ काे गाेइरी जाने सडकमा उकालाेमा चढ्न नसक्दा लु १ ज १७१७ नम्बरकाे जिप सडकमा पल्टिएकाे हाे ।
करिब ५० मिटर तल झरेकाे जिप सडकमै पल्टिएकाे छ । दुर्घटनामा कुनैपनि मानवीय क्षति नभएकाे निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयाे । दुर्घटना सामान्य रहेकाे उहाँले बताउनुभयाे ।
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१ २२:१२
प्रतिक्रिया दिनुहोस्