
जिल्ला ब्याडमिन्टन संघ रुकुम पश्चिमले आयोजना गरेको खुला ब्याडमिन्टन प्रतियोगिताको तेस्रो संस्करण अन्तर्गत दुई वटा इभेन्टमा रूकुम पश्चिमकाे हरि खत्री र नरेन्द्र ओलीको जोडी विजेता बनेको छ ।
आज भएको कर्णाली प्रदेश खुला डबल्स र रुकुम पश्चिम खुला डबल्स ब्याडमिन्टनको फाइनलमा रूकुम पश्चिम आठबिसकाेटकाे नवराज मल्ल र मुस्कान केसीको जोडीलाई पराजित गर्दै रूकुमेली नापी समाजकाे हरि र नरेन्द्रकाे जाेडी विजेता बनेको हो । दुवै इभेन्टमा यी दुई जोडी नै भिडेका थिए ।
दुवै इभेन्टमा हरि र नरेन्द्र जोडी विजेता बनेको हो । कर्णाली प्रदेश खुला पुरुष डबल ब्याडमिन्टनको विजेता हरि र नरेन्द्र जोडीले ३२ हजार, उप विजेता नवराज र मुस्कानको जोडीले र २० हजार पुरस्कार प्राप्त गरेको छ ।
कर्णाली खुलामा कवीन्द्र पुन र महेन्द्र पुन तथा केहल जिसी र विशाल विष्टको जोडी सान्त्वना भयो । उक्त जोडीले समान ६/६ हजार पुरस्कार पाएका छन् ।
रूकुम पश्चिम खुला डबल्स तर्फकाे विजेता हरि र नरेन्द्रकाे जाेडीले ३० हजार नगद, ट्रफि, मेडलर प्रमाणपत्र प्राप्त गर्दा उपविजेता नवराज र मुस्कानकाे जाेडीले १५ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ ।
त्यस्तै रुकुम पश्चिम खुलामा विशाल विष्ट र केहल जिसी तथा दीपक बिसी र रुद्र ओलीको जोडी सान्त्वना भएको छ । उक्त जोडीले समान समान ५/५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
दुवै विधामा विजेता र उपविजेताले ट्रफि हात पारेका छन् भने सबै स्थान हात पार्नेलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजक जिल्ला ब्याडमिन्टन संघले जनाएको छ ।