Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम सिंगलमा शिखर विजेता

जिल्ला ब्याडमिन्टन संघ रूकुम पश्चिमले आयाेजना गरेकाे खुला ब्याडमिन्टन प्रतियोगिताकाे तेस्राे संस्करण अन्तर्गत रूकुम पश्चिम सिंगल तर्फ शिखर कसी विजेता बनेका छन् ।

आज भएकाे फाइनलमा रूकुम पश्चिम आठबिसकाेट नगरपालिकाका मुस्कान केसीलाई पराजित गर्दै रूकुम पश्चिम मुसिकाेट ५ का शिखर विजेता बनेका हुन् । उनले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

उपविजेता मुस्कानले ८ हजार नगद, ट्रफि मेडल र प्रमाणपत्र पाएका छन् । सिंगल तर्फ मुसिकाेटका राेहित ओली र सानीभेरीका रामकृष्ण नकाल सान्त्वना भए । उनीहरूले समान ३/३ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update