Kakhara सबैको खबर सम्पूर्ण खबर
खुला ब्याडमिन्टन प्रतियोगिताकाे तेस्राे संस्करण: महिला तर्फ डिला र आशाकाे जाेडी प्रथम

जिल्ला ब्याडमिन्टन संघ रूकुम पश्चिमले आयाेजना गरेकाे खुला ब्याडमिन्टन प्रतियोगिताकाे तेस्राे संस्करण अन्तर्गत रूकुम पश्चिम जिल्ला स्तरीय महिला तर्फ डला पुन र आशा केसीकाे जाेडी प्रथम भएकाे छ । जिल्ला सदरमुकाम खलंगामा आज भएकाे फाइनलमा रिता खत्री भिमकला मल्लकाे जाेडीलाई पराजित गर्दै रूकुम डिला र आशाकाे जाेडी प्रथम भएकाे हाे ।

विजेता जाेडीले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ । उपविजेता रिता र भिमकलाकाे जाेडीले ८ हजार नगद, ट्रफि मेडल र प्रमाणपत्र पाएकाे छ । सुहाना बुढा र साहाना बुढा तथा डम्बरा केसी र डिला परियारकाे जाेडी सान्त्वना भएकाे छ । उक्त जाेडीले समान ३/३ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update