Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा मेयर कप तथा नगर प्रमुख अतिरिक्त क्रियाकलाप सुरु 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ शेरिगाउँमा रहेको यमुना नन्द नमुना माविमा मेयर कप तथा नगर प्रमुख अतिरिक्त क्रियाकलाप सुरु भएको छ । मुसिकाेट नगर शिक्षा, युवा तथा खेलकुद शाखाकाे आयाेजनमा कक्षा १ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरेर कार्यक्रम सुरु भएको हो । कार्यक्रममा आज मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो ।

मेयर कप तथा नगर प्रमुख अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा १–३ का लागि बस्तु चिनारी र नेपाली तथा अंग्रेजी अणु लेखन, कक्षा ४–५ का लागि हिज्य, हाजिरजवाफ, श्रुति लेखन र अणु लेखन तथा कक्षा ६–८ का लागि गणित दौड, हिज्य र हाजिरजवाफ प्रतियोगिता आयोजना गरिएको छ ।

कक्षा ९–१० का लागि अंग्रजी र नेपालीमा निबन्ध, हिज्य र हाजिर जवाफ आयोजना गरिएको छ भने कक्षा ११–१२ का लागि हाजिरजवाफ प्रतियोगिता आयोजना गरिएको बताइएको छ । नगरपालिकाले हरेक वर्ष जस्तै यो वर्ष पनि नगर प्रमुख अतिरिक्त क्रियाकलाप आयोजना गरेको हो ।

mayor-cup-opening-1740835432.jpg
मेयर कप तथा नगर प्रमुख अतिरिक्त क्रियाकलाप सञ्चालन तथा व्यवस्थापन उपसमितिका अध्यक्ष भक्तबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा सामाजिक विकास समितिका संयोजक एक्कबहादुर पाण्डे, २ नम्बर वडाध्यक्ष दिनेश खड्का, १० नम्बर वडाध्यक्ष धनबहादुर खड्का, नगर शिक्षा शाखा प्रमुख बिनाराम खड्का, प्रा.स नरेन्द्र ओली, विभिन्न विद्यालयका प्रअ तथा शिक्षकहरू लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन मेयर कप तथा नगर प्रमुख अतिरिक्त क्रियाकलाप सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य सुधीर केसीले गर्नुभएको थियो । कार्यक्रम भोली सकिने छ । यसअघि शुक्रवार र शनिवार कार्यक्रम गर्ने गरी मिति तय भएकामा प्रतिकुल मौसमका कारण शनिवार आजबाट कार्यक्रम सुरु भएको हो । 

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update