
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा सञ्चालित खुला ब्याडमिन्टन प्रतियोगिता तेस्रो संस्करण सम्पन्न भएको छ । जिल्ला ब्याडमिन्टन संघ रुकुम पश्चिमले आयोजना गरेको प्रतियोगिता बुधवारबाट सुरु भई शनिवार सम्पन्न भएको हो । यो प्रतियोगितालाई आयोजकले जिल्लाकै हालसम्मकै ठुलो प्रतियोगिता भनेको छ ।
जिल्लामा यसअघि विभिन्न समयमा ब्याडमिन्टन प्रतियोगिताहरू सञ्चालन भइरहेको भए पनि एक पटकमा यति धेरै विधामा प्रतियोगिता आयोजना गरिएको यो पहिलो पटक रहेको जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष अनिल बुढाले जानकारी दिनुभयो । प्रतियोगिता अन्तर्गत विभिन्न पाँच विधामा प्रतिस्पर्धा गराइएको थियो ।
प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको उहाँले बताउनुभयो । जिल्लावासी सरोकारवाला सबैको सहयोगमा प्रतियोगिता भव्य भएको उहाँको भनाई छ । सहभागिता र व्यवस्थापन दुवै पक्षबाट प्रतियोगिता सफल भएको उहाँले बताउनुभयो । प्रतियोगितामा सबै विधामा गरेर १ सय ४ वटा टिमले भाग लिएका थिए ।
प्रतियोगिता अन्तर्गतका सबै विधाका खेलहरू सकिएपछि शनिवार एक कार्यक्रमका बिच समापन गरिएको हो । जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष अनिल बुढाको अध्यक्षतामा भएको पुरस्कार वितरण तथा समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीको प्रमुख र नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्य डम्बर थापाकाे विशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा कर्णाली प्रदेश ब्याडमिन्टन संघका अध्यक्ष टक्कबहादुर शाही, सशस्त्र प्रहरी बल नम्बर ४७ गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायव उपरीक्षक मदन धानुक, निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक ऋषि पाठक, प्रमुख अनुसन्धान अधिकृत चिरञ्जीवी बुढा, रुकुम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दलबहादुर खड्का लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन संघका सचिव विशाल विष्टले गर्नुभएको थियो । कार्यक्रममा विजयी खेलाडीहरूलाई पुरस्कार वितरणका साथै प्रतियोगिता सम्पन्न गर्न आर्थिक सहयोग गर्ने सहयोगी दाता, अन्य सहयोग गर्ने संघसंस्था, मिडिया लगायतलाई प्रशंसा पत्र र सम्मान पत्र तथा नगद सहित सम्मान गरिएको आयोजक जिल्ला ब्याडमिन्टन संघले जनाएको छ ।
कुन विधा कसले जिते ?
विधा
अल नेपाल खुला पुरुष डबल्स (बरियता बाहेक)
विजेता– नवराज मल्ल र मुस्कान केसी (रुकुम पश्चिम)
उप विजेता– हिमांशु कँवर र विवेक चौधरी (दाङ)
सान्त्वना– ईश्वर रावल र शिखर केसी (रुकुम पश्चिम)
ठगेन्द्र खत्री र कृष्ण राना (सुर्खेत)

पुरस्कार
विजेता– ५२०००।
उपविजेता– ३१०००।
सान्त्वना– ११०००/११०००।
विधा
कर्णाली प्रदेश खुला पुरुष डबल्स
विजेता– हरि खत्री र नरेन्द्र ओली (रुकुम पश्चिम)
उप विजेता– नवराज मल्ल र मुस्कान केसी (रुकुम पश्चिम)
सान्त्वना– केहलविक्रम जिसी र विशाल विष्ट (रुकुम पश्चिम)
कवीन्द्र पुन र महेन्द्र पुन (रुकुम पश्चिम ।

पुरस्कार
विजेता– ३२०००।
उपविजेता– २००००।
सान्त्वना– ६०००/६०००।
विधा
रुकुम पश्चिम खुला पुरुष डबल्स
विजेता– हरि केसी र नरेन्द्र ओली
उपविजेता– नवराज मल्ल र मुस्कान केसी
सान्त्वना– दीपक बिसी र रुद्र ओली
केहलविक्रम जिसी र विशाल विष्ट

पुरस्कार
विजेता– ३००००।
उपविजेता– १५०००।
सान्त्वना– ५०००/५०००।
विधा
रुकुम पश्चिम खुला महिला डबल्स
विजेता– डिला पुन र आशा केसी
उप विजेता– रिता खत्री र भिमकला मल्ल
सान्त्वना– सुहाना बुढा र साहाना बुढा
डम्बरा केसी र डिला परियार

पुरस्कार
विजेता– १५०००।
उपविजेता– ८०००।
सान्त्वना– ३०००/३०००।
विधा
रुकुम पश्चिम खुला पुरुष सिंगल
विजेता– शिखर केसी
उप विजेता– मुस्कान केसी
सान्त्वना रोहित ओली
रामकृष्ण नकाल

पुरस्कार
विजेता– १५०००।
उपविजेता– ८०००।
सान्त्वना– ३०००?३०००।
विजेता र उपविजेतालाई नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा सान्त्वनालाई नगद सहित मेडल र प्रमाणपत्र ।