Kakhara सबैको खबर सम्पूर्ण खबर
खुला ब्याडमिन्टन तेस्रो संस्करण: यी हुन विधागत तर्फ उत्कृष्ट खेलाडी

जिल्ला ब्याडमिन्टन संघ रुकुम पश्चिमले आयोजना गरेको खुला ब्याडमिन्टन प्रतियोगिताको तेस्रो संस्करण सम्पन्न भएको छ । विधागत तर्फ पनि विभिन्न खेलाडी पुरस्कृत भएका छन् । पाँच विधामा पाँच जना खेलाडी उत्कृष्ट हुँदै पुरस्कृत भएका हुन् ।

अल नेपाल खुला (वरियता बाहेक) मा रुकुम पश्चिमका मुस्कान केसी उत्कृष्ट भएका छन् । यो विधामा मुस्कान र नवराज मल्लको जोडी प्रथम भएका थिए । कर्णाली प्रदेश खुलामा रुकुम पश्चिमका हरि खत्री उत्कृष्ट भएका छन् । यो विधा हरि र नरेन्द्र ओलीको जोडीले जितेको थियो ।

त्यस्तै रुकुम पश्चिम खुलामा नरेन्द्र ओली उत्कृष्ट खेलाडी घोषित भएका छन् । यो विधा नरेन्द्र र हरि खत्रीको जोडीले जितेको थियो । रुकुम पश्चिम महिला तर्फ भिमकला मल्ल उत्कृष्ट बनेको आयोजक जिल्ला ब्याडमिन्टन संघ रुकुम पश्चिमले जनाएको छ । रुकुम पश्चिम १९ वर्ष मुनि भने शिखर केसी उत्कृष्ट हुँदै पुरस्कृत भएका छन् ।

सबै विधामा उत्कृष्टलाई नगद २५ सय नगद, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको संघले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update