Kakhara सबैको खबर सम्पूर्ण खबर
अखिल क्रान्तिकारी रुकुम पश्चिमले टुंग्यायो ४ स्ववियु सभापतिका उम्मेदवार 

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी रुकुम पश्चिमले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेको छ । संगठनले जिल्लाका ८ क्याम्पस मध्ये ४ क्याम्पसका उम्मेदवार टुंग्याएको छ । शनिबार बसेको संगठनको जिल्ला सम्मेलन आयोजक समिति बैठकले ४ जना उम्मेदवार टुंग्याएको हो ।

InShot_20250302_203254270-1740926930.jpg
टेकराज विश्वकर्मा, स्यार्पू बहुमुखी क्याम्पस स्ववियु सभापतिका उम्मेदवार ।

संगठनका प्रदेश सदस्य प्रकाश डाँगीका अनुसार रुकुमेली क्याम्पस मुसिकोटमा दीपक डाँगी, जहारी क्याम्पस खोलागाउँमा महेश ओली, सिम्रुतु क्याम्पसमा दीपेन्द्र ओली र स्यार्पू बहुमुखी क्याम्पसमा टेकराज विश्वकर्मालाई सभापतिको उम्मेदवार बनाउने निर्णय भएको छ ।

InShot_20250302_203238145-1740926952.jpg
दीपक डाँगी, रूकुमेली क्याम्पस स्ववियु सभापतिका उम्मेदवार ।

अन्य क्याम्पस मुसिकोट खलंगा बहुमुखी क्याम्पस, राडिज्युला शिक्षा क्याम्पस, शीतल क्याम्पस र सानीभेरी शिक्षा क्याम्पसमा क्याम्पसको विशिष्टताका आधारमा पार्टी समेतको संलग्नतामा फागुन १९ गते भित्र टुंगो लगाउने निर्णय भएको प्रदेश सदस्य डाँगीले जानकारी दिनुभयो ।

InShot_20250302_203208561-1740926945.jpg
दीपेन्द्र ओली, सिम्रुतु क्याम्पस स्ववियु सभापतिका उम्मेद्उम्मेदवार

हाल जिल्लाका ८ क्याम्पस मध्ये रुकुमेली क्याम्पस मुसिकोट बाहेक अन्य सबै क्याम्पसको स्ववियुमा अखिल क्रान्तिकारीको नेतृत्व छ । त्रिभुवन विश्व विद्यालयले स्ववियु निर्वाचन आगामी चैत्र ५ गतेका लागि तोकेको छ ।

मध्यपश्चिम विश्वविद्यालयले भने अहिलेसम्म स्ववियु निर्वाचनको मिति तोकेको छैन् ।जिल्लामा मुसिकोट खलंगा बहुमुखी क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस हो भने अन्य टियुका सामुदायिक क्याम्पस हुन् । 

InShot_20250302_203309617-1740926929.jpg
महेश ओली, जहारी क्याम्पस स्ववियु सभापतिका उम्मेद्वार ।

 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update