Kakhara सबैको खबर सम्पूर्ण खबर
एसइई परीक्षा: रुकुम पश्चिममा ३६ सय ६८ विद्यार्थी सहभागी हुँदै, कुन विद्यालयको परीक्षा  केन्द्र कहाँ ?
फाइल फाेटाे ।

देशैभर आगामी चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक परीक्षा एसइईमा रुकुम पश्चिमबाट तीन हजार ६ सय ६८ परीक्षार्थी सहभागी हुँदै छन् । जिल्लामा रहेका ७६ सामुदायिक विद्यालय र ३ वटा संस्थागत विद्यालय गरी जिल्लाभरबाट ७९ विद्यालयबाट तीन हजार ६ सय ६८ परीक्षार्थी सहभागी हुन लागेका हुन् । यस वर्षको माध्यमिक परीक्षा एसइईमा छात्रा १ हजार ६ सय ५ र छात्र १ हजार ७ सय ३३ गरी साधारण तर्फ कुल ३ हजार ३८ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमले जनाएको छ ।

त्यस्तै ग्रेड वृद्धितर्फ छात्र १ सय ३० र छात्रा ९४ गरी २ सय २४ तथा प्राविधिक धारतर्फ ५२ छात्र र ४८ छात्रा गरी १ सय जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । शीतल मावि चौरजहारी र राप्ती ज्ञानोदय मावि सिम्लीमा प्राविधिक धारतर्फ पठनपाठन हुने गरेको छ ।  परीक्षा सञ्चालनका लागि जिल्लाका विभिन्न ठाउँका १५ वटा विद्यालयलाई परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका प्रमुख ताराप्रकाश पुनले जानकारी दिनुभयो । एसइई परीक्षा आगामी चैत ७ गतेदेखि १५ गतेसम्म सञ्चालन हुँदै छ । 


विद्यालय र तोकिएका परीक्षा केन्द्रहरु ।
482047835_2529123937291992_8444222554659750618_n-1741003591.jpg481174927_2529123757292010_3811313855593737753_n-1741003588.jpg3see-1741003587.jpg4-see-1741003587.jpg5-see-1741003586.jpg

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update