
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले ४ जना ब्याडमिन्टन खेलाडीलाई सम्मान गरेको छ । जिल्ला ब्याडमिन्टन सङ्घ रुकुम पश्चिमले सदरमुकाम मुसिकोटमा आयोजना गरेको खुला ब्याडमिन्टन प्रतियोगिता तेस्रो संस्करणमा सहभागी भई विजेता बन्न सफल महिला तथा पुरुष ४ जना खेलाडीलाई सम्मान गरेको हो । न
गर युवा तथा खेलकुद विकास समितिको आयोजनामा नगरपालिकाले प्रतियोगिता तर्फ अल नेपाल खुला इभेन्टमा विजेता नवराज मल्ल र मुस्कान केसीको जोडी, रुकुम जिल्ला खुला महिला तर्फ विजेता आशा केसी र डिला पुनको जोडीलाई दोसल्ला, सम्मान पत्र र एक एक वटा ब्याडमिन्टन र्याकेटले सम्मान गरिएको छ । साथै विजेता खेलाडीलाई नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा समेत गरिदिने भएको छ ।
नगर प्रमुख केसीका अनुसार २ महिला र २ पुरुष गरी ४ जना ब्याडमिन्टन खेलाडीलाई नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिने बताउनुभयो । शनिवार सम्पन्न प्रतियोगितामा आठबिसकोट नगरपालिकाका नवराज र मुस्कानको जोडी कर्णाली प्रदेश खुला र रुकुम पश्चिम खुला डबल्स तर्फ उप विजेता तथा मुस्कान रुकुम पश्चिम १९ वर्ष मुनिको एकल तर्फ उप विजेता समेत बनेका थिए ।