Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट नगर प्रमुख अतिरिक्त क्रियाकलाप सम्पन्न, कुन विद्यालयको अवस्था कस्तो ? 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका स्तरीय मेयर कप तथा नगर प्रमुख अतिरिक्त क्रियाकलाप सम्पन्न भएको छ । कार्यक्रममा मुसिकोट नगरपालिका वडा नम्बर ५ को यमुना नन्द नमुना मावि शेरिगाउँमा शनिवार र आइतबार दुई दिन चलेको हो । 

आइतबार एक कार्यक्रमका बिच कार्यक्रम समापन गरिएको हो । तहगत रूपमा कक्षा १ देखि १२ कक्षासम्मका विद्यार्थीहरू बिचमा विभिन्न विधामा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा नगर भरका ६८ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरूले प्रतिस्पर्धा गरेका थिए ।  

मेयर कप तथा नगर प्रमुख अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा १–३ का लागि बस्तु चिनारी र नेपाली तथा अंग्रेजी अणु लेखन, कक्षा ४–५ का लागि हिज्य, हाजिरजवाफ, श्रुति लेखन र अणु लेखन तथा कक्षा ६–८ का लागि गणित दौड, हिज्य र हाजिरजवाफ प्रतियोगिता सञ्चालन भएको मेयर कप तथा नगर प्रमुख अतिरिक्त क्रियाकलाप सञ्चालन तथा व्यवस्थापन उपसमितिका संयोजक भक्तबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार कक्षा ९–१० का लागि अंग्रजी र नेपालीमा निबन्ध, हिज्य र हाजिर जवाफ आयोजना गरिएको छ भने कक्षा ११–१२ का लागि हाजिरजवाफ प्रतियोगिता आयोजना गरिएको थियो । नगरपालिकाले हरेक वर्ष जस्तै यो वर्ष पनि नगर प्रमुख अतिरिक्त क्रियाकलाप आयोजना गरेको हो ।

मेयर कप तथा नगर प्रमुख अतिरिक्त क्रियाकलापको नतिजा यस्तो छ:

IMG-20250303-WA0017-1741014839.jpg
IMG-20250303-WA0019-1741014837.jpg
IMG-20250303-WA0018-1741014836.jpg
IMG-20250303-WA0020-1741014841.jpg
IMG-20250303-WA0021-1741014838.jpg
 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update