Kakhara सबैको खबर सम्पूर्ण खबर
उत्कृष्ट प्रतिभा  प्रस्तुत गर्ने केशवलाई चौरजहारी नगरपालिकाको सम्मान
सम्मान पत्र प्रदान गरिँदै ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले ३० औँ  जनयुद्ध तथा सहिद सप्ताहको अवसरमा उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने केशव ओलीलाई सम्मान गरेको छ । आज नगरपालिकामा बोलाएर सहिद सप्ताहको अवसरमा आयोजना गरिएको `जनयुद्धका उपलब्धि विषयक´ वक्तृत्वकलामा उत्कृष्ट हुने केशवलाई नगरपालिकाले सम्मान गरेको हो ।  सहिद स्मृति कला संस्कृति  संरक्षण केन्द्र चौरजहारीले आयोजना गरेको वक्तृत्वकलामा प्रतियोगितामा  उत्कृष्ट प्रतिभा प्रस्तुत गरी प्रथम स्थान हासिल गर्ने केशवलाई  दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको नगर प्रमुख पुष्प वादीले जानकारी दिनुभयो ।

नगरपालिकाले उत्कृष्ट प्रतिभाको सम्मान गर्दै उज्ज्वल भविष्यको कामना समेत व्यक्त गरेको छ । मुसिकोट १४ निवासी १३ वर्षीय  केशव चौरजहारी नगरपालिका स्थित खोलागाउँमा रहेको हिमालय मावि कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन । उनीले  प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै नगद १० हजार पुरस्कार समेत प्राप्त गरेका थिए ।

अहिले केशवले बोलेको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल छ । सबैले केशवको प्रशंसा गरिरहेका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update