Kakhara सबैको खबर सम्पूर्ण खबर
एसइई परीक्षा :  रुकुम पश्चिममा आठवटा परीक्षा केन्द्र किन हटाईयो ?
फाइल फाेटाे ।

रुकुम पश्चिममा यसवर्षदेखि जिल्लाका विभिन्न ठाउँका आठ वटा परीक्षा केन्द्र हटाएको छ । माध्यमिक तह परीक्षा(एसइई) मा यसभन्दा पहिलेको वर्षहरुमा जिल्लाभरमा २३ वटा परीक्षा केन्द्र रहेकामा यसवर्षदेखि भने १५ वटा परीक्षा केन्द्रहरुबाट विद्यार्थी परीक्षामा सहभागि हुँदै छन् । उक्त परीक्षा केन्द्रहरुमा विद्यर्थीको संख्या कम भएकाले जिल्लाभरबाट ८ वटा परीक्षा केन्द्र हटाएको शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका प्रमुख ताराप्रकाश पुनले जानकारी दिनुभयो । 

उहाँका अनुसार मुसिकोट र चौरजहारी नगरपालिकाबाट दुई/दुई वटा र त्रिवेणी, सानीभेरी, बाँफीकोट गाउँपालिका तथा आठविसकोट नगरपालिकाबाट १/१ वटा विद्यालयका परीक्षा केद्र हटाएको हो । मुसिकोट नगरपालिकामा रहेको बालकल्याण मावि झुलखेत, महेन्द्र मावि चौतारा, चौरजहारी नगरपालिकामा रहेको कोटजहारी मावि कोटजहारी, भ्याली पब्लिक बोर्डिङ स्कुल, त्रिवेणी गाउँपालिकामा रहेको हिमालय जनता मावि नुवाकोटडाँडामा रहेकाे परीक्षा केन्द्र हटाएको छ ।

त्यस्तै सानीभेरी गाउँपालिकामा रहेको बालज्योति मावि गिठाकोट, बाँफीकोट गाउँपालिकामा रहेको जनकल्याण मावि पिपल, र आठविसकोट नगरपालिकामा रहेको राष्ट्रिय मावि गतसैनाको परीक्षा केन्द्र हटाएको हो । यसवर्षदेखि एसइईकाे परीक्षा केन्द्रहरु पालिका स्तरिय बनाएकाे र एउटा परीक्षा केन्द्रमा २ सय ५० परीक्षार्थी हुनुपर्नेमा विद्यार्थीको संख्या कम भएकाले परीक्षा केन्द्र हटाएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख पुनले जानकारी दिनुभयो ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियनन्त्रय कार्यालयलले कक्षा १० को परीक्षा संचालन सम्बन्धी २०८१ साल माघ २ गतेको परिपत्र अनुसार  प्रति परीक्षा केन्द्रमा २ सय ५० जना विद्यार्थी संख्यामा हुनुपर्ने  निर्णय अनुसार निर्णय कार्यान्वयनमा ल्याएकाे शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमले जनाएको छ ।  

देशैभरबाट आगामि चैत ७ गते संचालन हुने माध्यमिक  शिक्षा परीक्षा एसइईमा रुकुम पश्चिमका साधारण तथा खुल्ला गरेर तीन हजार ६ सय ६८ विद्यार्थी परीक्षामा सहभागि हुँदै छन् । 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update