Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी गाउँपालिकाले ७६ जना सहिद तथा बेपत्ता परिवारका सदस्यलाई सम्मान गर्दै 
त्रिवेणी गाउँपालिका । फाइल फाेटाे ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले सहिद तथा बेपत्ता परिवारका सदस्यलाई सम्मान गर्ने भएको छ । भोली बुधबार पालिका भित्रका सहिद तथा बेपत्ता परिवारलाई गाउँपालिकाले सम्मान गर्न लागेको हो । नेपालमा विभिन्न समयमा भएका सशस्त्र संर्घष, जनआन्दोलन र प्रदेश स्थापनाको आन्दोलनका क्रममा सहिद तथा बेपत्ता भएका परिवारलाई सम्मान गर्न लागिएको त्रिवेणी गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार भोली बुधबार त्रिवेणी गाउँपालिकाको वडा नम्बर २ सिम्रतुमा रहेको सहिद स्मृति प्रतिष्ठानको सभाहलमा सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।  १० वटा वडा रहेको पालिकामा विभिन्न समयमा सहिद तथा बेपत्ता भएका ७६ जनाकाे सूचि रहेकाे छ ।  सम्मान कार्यक्रमका लागि  सवै  वडामा रहेका सहिद तथा बेपत्ता परिवारका सदस्यहरलाई उपस्थित बनाउन  गाउँपालिकाले  वडा कार्यालयलाई अनुरोध गरको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update