Kakhara सबैको खबर सम्पूर्ण खबर
मासिक शुल्क नतिरेको भन्दै विद्यालयले प्रवेश पत्र दिएन

‎नेपालगन्जको एक निजी विद्यालयका प्रिन्सिपलले विद्यार्थीले एक महिनाको शुल्क नतिरेको भन्दै प्रवेश पत्र दिनबाट रोक लगाएका छन् । 

‎नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर एक रानाचोकमा रहेको सनविम इङ्ग्लिस मिडियम स्कुलका प्रिन्सिपल सञ्जय कुमार गुरुङले विद्यार्थीलाई प्रवेश पत्र दिनबाट रोक लगाएका हुन् ।  परीक्षाको अघिल्लो दिन विद्यार्थीले प्रवेश पत्र लिन जाँदा मासिक शुल्क नतिरेको भन्दै विद्यार्थीलाई खाली हात फर्काएका थिए । 

‎प्रिन्सिपलको यस्तो व्यवहारले विद्यार्थीलाई मानसिक रूपमा असर पर्ने अभिभावकले चिन्ता व्यक्त गरेका छन् । स्कुलले पूर्व जानकारी नगराई अचानक परीक्षाको अघिल्लो दिन प्रवेश पत्र नदिनु आपत्ति जनक व्यवहार भएको अभिभावकको भनाई छ । 

‎सोही स्कुलका लेखापाल केशव भण्डारीले प्रवेश पत्र वितरण सम्बन्धित आफूलाई कुनै जानकारी नभएको बताएका छन् । प्रवेश पत्र वितरण तथा आर्थिक कारोबार लेखा शाखाबाट हुने भएपनि प्रिन्सिपलले आफ्नो कब्जामा राखी आफै वितरण गर्दै आएको उनको भनाई छ । 

‎परीक्षाको अघिल्लो दिन प्रवेश पत्र नपाउँदा कक्षा ९ का विद्यार्थी रुँदै घर फर्किएका छन् ।  प्रिन्सिपल गुरुङले  १५ जना भन्दा जना बढी विद्यार्थीको प्रवेश पत्र रोकिदिएका थिए । प्रवेश पत्र रोकिएको जानकारी पाएपछि अभिभावक हतार हतार शुल्क तिर्न स्कुल पुगेका थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update