Kakhara सबैको खबर सम्पूर्ण खबर
कविताः प्रिय ! स्यानु

प्रिय ! स्यानु
पलपल ख्याल गर
तिमी धेरै सादगी
अनि,
स्वच्छ र इमान्दार नबन
किनकी,
तिमिलाई शुन्य अंक आउन सक्छ ।
प्रिय ! स्यानु
तिम्रो कामयावी सचेत मस्तिष्कमा 
निरन्तर आगजनी गरेर
भयावह त्रासदीमा
देशभित्र डढेलो सल्काएर
माफिया युनिभर्सिटीबाट
देश पुनर्निर्माणको 
आउटस्ट्याण्डिङ तक्मा भिरेर
दीक्षान्त समारोहमा 
दीक्षित बन्दै छन् ।
तसर्थ,
प्रिय ! स्यानु
हर समय विशेष ख्याल गर है ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update