Kakhara सबैको खबर सम्पूर्ण खबर
सिस्ने गाउँपालिकाले गर्याे सहिद परिवारलाई सम्मान
सम्मानित सहिद परिवार ।

रुकुम पूर्वको सिस्ने गाउँपालिकाले सहिद परिवारलाई सम्मान गरेको छ। पालिकाको सभा हलमा आज एक कार्यक्रमको आयोजना गरेर सहिद परिवार सम्मान गरिएको हो । 

पालिका भित्रका ४८ जना सहिद परिवार सम्मानित भएका छन् । प्रत्येक परिवारलाई  पाँच लिटरको  प्रेसर कुकरले सम्मानित गरिएको हो । 

पालिकामा  ६७ जना सहिद परिवार भए पनि आज पहिलो दिन ४८  जनालाई सम्मानित गरिएको छ । आज छुटेका बाँकी १९ जना अर्को दिन सम्मानित हुने भएका छन् । 

सहिदको नाम अंकित  प्रेसर कुकरले सम्मानित गरिएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी जानकारी दिनुभयो । सहिदको सम्झना, आफन्तको सम्मान र घाइतेको हौसलाको लागि हरेक वर्ष सहिद परिवार सम्मान गर्ने गरेको उहाँले बताउनुभयो । 

पालिकाको एक लाख ५० रुपैयाँ खर्चिएर ६७ वटा प्रेसर कुकर खरिद गरेको हो । 

sahid-pariwar-samman-sisne-1741178840.jpg
 

यस्तै गाउँपालिकाले पालिकाको ११ लाख रुपैयाँ बाट ६७ जना सहिद परिवारलाई शेयर खरिद गरिदिने भएको छ। रुकुमकोटमा रहेको रुक्मिणी ऋण तथा बचत सहकारी संस्थामा शेयर खरिद गरिदिन लागिएको हो ।  

सहिद परिवारलाई सहकारी मार्फत व्यवसायमा जोड्नका लागि शेयर खरिद गरिदिन लागेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेवतबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

समान रूपमा एक जनालाई १६ हजार चार सय रुपैयाँको दरले शेयर खरिद गरिदिन लागिएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update