सहिद परिवार सम्मान
मुसिकोट ११ का सहिद परिवार सम्मानित

रुकुम (पश्चिम)को मुसिकोट नगरपालिका वडा नम्बर ११ का सहिद परिवारलाई सम्मान गरिएको छ । ११ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा वडाको सहिद स्मृति प्रतिष्ठानले जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएका सहिदका परिवारलाई बुधवार सम्मान गरेको हो ।
नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को ११ नम्बर वडामा विनियोजित बजेट ३० हजार रुपैयाँबाट बुधवार सहिदका परिवारलाई अबिर तथा दोसल्ला ओढाएर सम्मान गर्नुका साथै चिनो स्वरूप काँसका थाली उपहार दिइएको ११ नम्बर वडा अध्यक्ष गोविन्दबहादुर बुढाले जानकारी दिनुभयो ।
वडामा युद्धका क्रममा ९ जना सहिद भएका थिए । कार्यक्रममा वडाध्यक्ष बुढा, प्रथम वडा अध्यक्ष पदमबहादुर पुन, वडा सदस्यहरू, प्रतिष्ठानका पदाधिकारीहरू, सहिदका आफन्तहरू र स्थानीयवासी लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१ १८:४७
प्रतिक्रिया दिनुहोस्