Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा दोस्रो डोज लगाउन छुटेकालाई आजबाट खोप लगाईदै 

रुकुम पूर्वमा आजबाट कोरोना विरुद्धको खोपको दोस्रो डोज लगाउन छुटेकाहरुलाई खोप लगाईदै छ । खोप कार्यक्रम जेठ ११ गते सम्म जारी रहने छ । पहिलो डोज पाएका तर दोस्रो डोज लगाउन छुटेका व्यक्तिहरुलाई दोस्रो डोज दिन लागिएको हो । गएको फागुन २३ गतेभन्दा अगाडि खोपको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन छुटेका जनप्रतिनिधी, स्वास्थ्यकर्मी, सरकारी कार्यालयका कर्मचारी, अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, वित्तीय संस्थाका कर्मचारीले दोस्रो डोज पाउन लागेका हुन् ।  

स्वास्थ्य कार्यालय रुकुमकोटबाट खोप दिन लागिएको स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले जानकारी दिनुभयो । दोस्रो मात्राको खोप लगाउन छुटेका २० प्रतिशतलाई खोप लगाइने उहाँले बताउनुभयो । प्रायः जनप्रतिधि र सरकारी कार्यालयका कर्मचारी नै दोस्रो मात्राको खोप लगाउन छुटेको बताईएको छ । जिल्लामा ६९ भाइल खोप मौज्दात रहेकोमा ६ सय ९० जनालाई पुग्ने स्वास्थ्य कार्यालयले जनाएको छ । साथै खोप लगाउदा सामाजिक दुरी कायम गर्दै स्वास्थ्यका मापदण्ड पालना गर्ने जनाईएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update