Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकाेट गाउँपालिकाको १७ औँ गाउँ सभा तथा हिउँदे अधिवेशन सम्पन्न
गाउँसभा ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका १७ औँ गाउँ सभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । आज गाउँपालिकाको सभा हलमा अधिवेशन सम्पन्न भएको हो। अधिवेशन मार्फत अहिलेसम्म सम्झौता नभएका दुई वटा योजनालाई शीर्षक परिवर्तन गरेर सम्झौता गरिएको छ ।

यस्तै गाउँपालिका मातहतका शाखा कार्यालय प्रमुखहरूले आ-आफ्नो कार्यालयबाट भए गरेका कामको प्रगति प्रतिवेदन पेस गरेका थिए । अधिवेशनमा अहिलेसम्म गाउँपालिकाले गरेका कामको समीक्षा गरिएको थियो । 

चालू आर्थिक वर्षको हालसम्म ७९ प्रतिशत योजना सम्झौता भएको छ भने भौतिक पूर्वाधार तर्फ ८० प्रतिशत काम सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओली जानकारी दिनुभयो । उहाँका अनुसार  गाउँपालिकाको रोजगार शाखाबाट ३० जनाले श्रम स्वीकृत पाएका छन् । 

गाउँपालिकाले अहिलेसम्म आन्तरिक राजस्व २९ लाख ६५ हजार ४ सय ५७ रुपैयाँ तथा विभाजित राजस्व तीन लाख ५४ हजार नौ सय ८६ रुपैयाँ सङ्कलन गरेको छ । अधिवेशनमा पालिका उपाध्यक्ष तारा बुढा केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

गाउँपालिका अध्यक्ष जनककुमार बाँठाको अध्यक्षतामा भएको अधिवेशनमा गाउँपालिका उपाध्यक्ष  केसी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओली, कार्यपालिका सदस्यहरू, वडाध्यक्षहरू, गाउँ सभा सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update