Kakhara सबैको खबर सम्पूर्ण खबर
अखिल क्रान्तिकारीले सिस्ने शिक्षा क्याम्पस स्ववियु अध्यक्षका उम्मेदवार टुंग्यायाे

अखिल (क्रान्तिकारी) रुकुम पूर्वले जिल्लामा रहेकाे एकमात्र क्याम्पस सिस्ने शिक्षा क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको अध्यक्ष र सचिवकाे उम्मेदवार टुङ्गो लगाएको छ ।

सङ्गठनका केन्द्रीय उपाध्यक्ष सन्दीप पुनको प्रमुख उपस्थितिमा बसेको संगठनकाे कार्यालय बैठकले संगठनका जिल्ला सचिव अम्मर खत्रीलाई स्ववियु अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेकाे हाे ।

त्यस्तै बैठकले विशाल घर्तीलाई स्ववियु सचिवकाे उम्मेदवार बनाउने निर्णय गरेकाे अखिल (क्रान्तिकारी) रुकुम पूर्वले जनाएको छ । स्ववियु निर्वाचन चैत्र ५ गते हुँदै छ । 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  ०६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update