Kakhara सबैको खबर सम्पूर्ण खबर
नारी दिवस: बाँफिकाेट २ मा विभिन्न प्रतियोगिता सम्पन्न


देशै भरी शनिवार ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । विभिन्न चेतना मूलक कार्यक्रम गरेर दिवस मनाइएको हो । जसअन्तर्गत रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ मा पनि कार्यक्रम भएको छ। वडामा रहेको ग्रामीण विकास महिला केन्द्रको आयोजनामा महिलाहरूले विभिन्न कार्यक्रम गरी दिवस मनाएका छन् । 

सबै महिला तथा बालिकाको अधिकार, समानता र सशक्तीकरण हाम्रो अधिकार भन्ने मूल नारा सहित गाउँ परिक्रमा गरिएको थियो ।

वडाको मेलगैरी सहिद स्मृति पार्कबाट सुरु भएको र्‍याली गाउँ परिक्रमा गरेर पुनः मेलगैरी सहिद स्मृति पार्कमा पुगेर कोण सभामा परिणत भएको थियो । 

दिवसको अवसरमा साबिक पिपल गाविस वडा स्तरीय महिला वक्तृत्वकला, कुर्सी रेस, नृत्य तथा नाच प्रतियोगिता भएका थिए । 

महिला दिवसको महत्त्व विषयक वक्तृत्वकला प्रतियोगितामा १५.३३ प्रतिशत अङ्क प्राप्त गरेर  साबिकको पिपल ९ की कृष्णा पौडेल प्रथम, साबिकको पिपल ४ की दीपा केसी ११.५ प्रतिशत अङ्क प्राप्त गरेर दोस्रो तथा  साबिकको पिपल ७  की  कल्पना जैसी ९.५ प्रतिशत अङ्क ल्याएर तेस्रो हुने भएको छ । प्रथमले नगद चार सय  दोस्रोले नगद तीन सय र तेस्रोले नगद दुई सय रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

यस्तै कुर्सी रेस प्रतियोगितामा साबिक ७ नम्बर कि तुलसा विष्ट प्रथम, ४ नम्बर वडा कि खलकुमारी खत्री दोस्रो र ६ नम्बर वडा कि पवित्रा खत्री तेस्रो हुनु भएको छ । प्रथम, दोस्रो र तेस्रोले नगद चार सय, तीन सय र दुई सय रुपैयाँ पुरस्कार पाएका छन् ।

यस्तै एक वटा पञ्चेबाजा समूहलाई एक हजार पाँच सय तथा कार्यक्रमका सहभागी अन्य नौ वटा नाच समूहलाई समान आठ-आठ सय रुपैयाँका दरले  पुरस्कार वितरण गरिएको ग्रामीण विकास महिला केन्द्रकी अध्यक्ष देउसरा केसीले जानकारी दिनुभयो। 

केन्द्रकी उपाध्यक्ष भीमकुमारी पौडेलकाे अध्यक्षता रहेको कार्यक्रममा  २ नम्बर वडाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक लगायतको आतिथ्यता रहेको थियो ।  

परिवर्तनशील महिला बहुउद्देश्यीय  सहकारी संस्थाकी  व्यवस्थापक सीता सुनारको स्वागत मन्तव्य रहेको कार्यक्रमकाे सञ्चालन ग्रामीण  महिला विकास केन्द्रकी अध्यक्ष देउसरा केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  ०७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update