Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा फागुन २३ गते अघि खोप लगाएर दोस्रो डोज लगाउन छुटेकालाई जेठ १४ गते खोप लगाईने

रुकुम पश्चिममा कोरोना विरुद्धको खोप कोभिशिल्डको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन छुटेकालाई जेठ १४ गते खोप लगाईने भएको छ । गत फागुन २३ गतेभन्दा अगाडि पहिलो डोज लगाएर दोस्रो डोज लगाउन छुटेकाहरुलाई दोस्रो डोज दिन लागिएको हो । स्वास्थ्य सेवा कार्यालयले एक सूचना जारी गरेर जिल्ला कोभिड–१९ खोप समन्वय समितिको निर्णय अनुसार फागुन २३ गते भन्दा अगाडि पहिलो प्राथमिकतामा परी पहिलो डोज लगाएर र दोस्रो डोज लगाउन छुटेकालाई खोप लगाउन लागिएको जनाएको छ । 

जसका लागि २ वटा खोप केन्द्रहरु तय गरिएको स्वास्थ्य सेवा कार्यालकी कोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार राप्ती समाज अस्पताल मुसीकोट नगरपालिका १ सल्ले र आधारभुत स्वास्थ्य सेवा केन्द्र चौरजहारीमा खोप लगाईने छ । पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन करिब ४ जना व्यक्तिहरु छुटेको स्वास्थ्य सेवा कार्यालयको भनाई छ । त्यस्तै फागुन २३ गते देखि खोपको पहिलो मात्रा पाएका ६५ वर्ष उमेर समुहका र अन्य व्यक्तिहरुको लागि दोस्रो मात्रा आईनसकेकाले खोप आएपछि जानकारी गराईने खोप सुपरभाइजर अधिकृत खड्काले बताउनुभयो । 

यसका साथै काठमाडौं उपत्यकामा कोरोना विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाएका र हाल विभिन्न कारणले जिल्ला आएकाहरुको विवरण पनि संकलन भइरहेको छ । उनिहरुलाई जिल्लामै खोप लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार जिल्लामा पनि विवरण संकलन भइरहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । 


प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update