Kakhara सबैको खबर सम्पूर्ण खबर
पूर्व वडाध्यक्ष केसीद्वारा टीकाकाे शव घरसम्म पुर्याउन तथा क्रिया खर्च सहयाेग

रूकुम पश्चिमकाे मुसिकाेट नगरपालिका वडा नम्बर १३ का पर्व वडाध्यक्ष दिपक केसीले व्यक्तिगत रूपमा शव व्यवस्थापनका लागि सहयाेग गर्नुभएकाे छ ।

जिल्ला अस्पतालमा निधन भएकी मुसिकाेट १३ डाँडा छिवाङकी टीका बिटालुकाे शव अस्पतालबाट घरसम्म पुर्याउनका लागि उहाँले सहयाेग गर्नुभएकाे हाे ।

केसीले शव घरसम्म पुर्याउन एम्बुलेन्सकाे व्यवस्थापन गरिदिनुभएकाे हाे । यसका लागि मुसिकाेट नगरपालिकालाई आग्रह गरेकाे र नगरपालिकाले वास्ता नगरेपछि एम्बुलेन्सकाे व्यवस्था गरेर शब अस्पतालबाट घरसम्म पुर्याइएकाे पूर्व वडाध्यक्ष केसीले बताउनुभयाे ।

आर्थिक अवस्था कमजाेर भएकाे मृतक टीकाकाे परिवारलाई केसीले ३ हजार क्रिया खर्च समेत प्रदान गर्नुभएकाे छ । 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update