Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्र चौरजहारीको नगर अध्यक्षमा पोखरेल निर्विरोध 

नेकपा माओवादी केन्द्र चौरजहारी नगरपालिका रुकुम पश्चिमको नयाँ नेतृत्व निर्विरोध चयन गरिएको छ । आज वडा नम्बर ३ मा रहेको पूर्ण शान्ती स्मृति प्रतिष्ठानको सभाहलमा तेस्रो नगर सम्मेलबाट नयाँ नेतृत्व चयन गरिएको हो । मोतिप्रसाद पोखरेलको अध्यक्षतामा ११ जना सदस्य पछि मनोनित गर्ने गरी ५५ सदस्यीय नयाँ नगर समिति निर्माण गरिएको हो । जसको उपाध्यक्षमा पवित्रा पुन, महेश स्वर्णकार र लोकेन्द्र परिवार, सचिवमा अर्जुन कुमाल सहसचिवमा समिर केसी र कोषाध्यक्षमा लोकेन्द्र खत्री चयन हुनुभएको छ । 

अध्यक्ष्य बाहेक अन्य पदाधिकारी र सदस्यहरु भने गत पुस १३ गतेदेखि १७ गतेसम्म चलेको तेस्रो सम्मेलबाटै निर्वाचित भएकालाइ नै कायम गरिएको छ । उक्त अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचन प्रक्रिया विपरित मनोनित गरेकाले पुनःअध्यक्ष पदमा  प्रक्रिया पुर्याएर पोखरेलाई निर्विरोध चयन गरिएको हो ।

गत पुस १३ गतेदेखि १७ गतेसम्म चलेको अधिवेशनबाट निर्वाचन प्रक्रिया विपरित अध्यक्ष पदमा मनोनित गरेको भन्दै पार्टीको निर्वाचन आयोगमा उजुरी समेत परेको थियो । सोही उजुरीको सुनाई गर्दै पार्टी निर्वाचन आयोगले अध्यक्ष पदमा पुनः निर्वाचन गराउनुपर्ने निर्देशन गरेको थियो ।

गत पुस १३ गतेबाट १७ गतेसम्म चलेको नगर सम्मेलनले सुन्दर शर्मालाई अध्यक्ष पदमा मनोनित गरेको थियो । सामाजिक संजालमा जताततै उक्त निर्णयको आलोचना भएपछि अध्यक्ष शर्मा सहित ६ जना सदस्यले   गत फागुन ६ गते सामुहिक  राजिनामा दिएका थिए । 

नव निर्वाचित नगर अध्यक्ष पोखरेलको अध्यक्षतामा भएका कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य बसन्तकुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै केन्द्रिय सदस्य  विशाल शर्मा, केन्द्रिय निर्वाचन आयोग सदस्य देविलाल गौतम, कलबहादुर नाथ, धर्मबहादुर केसी, चौरजहारी नगर इन्चार्ज ऋषिप्रसाद जैसी लगायतको आतिथ्यता रहेको थियो । 
 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update