Kakhara सबैको खबर सम्पूर्ण खबर
स्ववियु निर्वाचन: शीतल क्याम्पस चौरजहारीमा सबै सङ्गठन एकै ठाउँ, अध्यक्षमा डाँगी 

आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि रुकुम पश्चिमको चौरजहारी स्थित शीतल क्याम्पसमा सबै विद्यार्थी सङ्गठन एक ठाउँमा उभिएका छन् । यो सँगै क्याम्पसमा सर्वसम्मतिमा स्ववियु नेतृत्व चयन हुने भएको छ । स्वविय निर्वाचनका लागि क्याम्पसमा दर्ता भएका सबै सङ्गठनको प्रतिनिधित्व हुने गरी सर्वसम्मत स्ववियुको नेतृत्व चुन्ने सहमति भएको स्ववियु सभापति तथा अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य नीराजन केसीले जानकारी दिनुभयो ।

चौरजहारीका नयाँ पुस्ताका राजनीतिज्ञहरूबाट नयाँ सन्देश: शीतल क्याम्पस चौरजहारी रुकुम पश्चिममा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि दर्ता भएका सङ्घ, सङ्गठनहरू बिच सहमतिमा स्ववियु गठन गर्ने निर्णय भएको छ, उहाँले फेसबुकमा लेख्नुभएको छ ।  उहाँका अनुसार स्ववियुको नेतृत्व अखिल क्रान्तिकारीले गर्ने छ ।

अध्यक्ष अखिल क्रान्तिकारी, उपाध्यक्ष नेविसंघ, सचिव अनेरास्वविय, कोषाध्यक्ष नेविसंघ र सह सचिव अनेरास्ववियले लिने गरी सहमति जुटेको हो । पदाधिकारीको टुङ्गो समेत लागेको छ । सहमति सँगै अब अध्यक्ष प्रकाश डाँगी, उपाध्यक्ष मदन बिक, सचिव आरेम्बर सिंह, कोषाध्यक्ष स्तुति आचार्य र सह सचिव सुजाता सुनार बन्नुहुने छ । 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update