Kakhara सबैको खबर सम्पूर्ण खबर
बार एशोसिएसन रुकुम पश्चिमको अध्यक्षमा रचना 

रुकुम पश्चिम जिल्ला अदालत बार एशोसिएसनको सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । आज जिल्ला सदरमुकाम मुसिकोट खलंगामा भएको अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । रचना मल्लको अध्यक्षतामा सर्वसम्मत ९ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा मनिषा रोकाय भण्डारी, सचिवमा टेकबहादुर खड्का र कोषाध्यक्षमा अमर ओली रहनुभएको छ ।

सदस्यहरुमा भुवनेश्वर उपाध्याय, गणेश हमाल, ललित बुढा र रमा गौतम रहनुभएको छ । केन्द्रीय पार्षदमा रत्नबहादुर खड्का चुनिनुभएको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update