Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपा एस रुकुम पश्चिमको अध्यक्षमा सुरज परियार

नेकपा एकीकृत समाजवादी रुकुम पश्चिमको नवौँ जिल्ला अधिवेशन मुसिकोटमा सम्पन्न भएको छ । पार्टीका केन्द्रीय महासचिव घनश्याम भुसालले मुसिकोट खलङ्गाको बाल मन्दिरमा हिजो उद्घाटन गरेको जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । 

अधिवेशनबाट सुरज परियारको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा दीपकराज खड्का र शेरबहादुर बाेहरा, सचिवमा धनराज खड्का तथा उप सचिवमा अमरराज पुन, हिरा रेउले पुरि र खमबहादुर ओली सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

1000186243-01-1741749682.jpeg
बुधबार आज बिहान मुसिकाेट खलंगामा पत्रकार सम्मेलन मार्फत पार्टीले जिल्ला कमिटिकाे घाेषणा गरिएकाे हाे । नव निर्वाचित जिल्ला अध्यक्ष सुरज परियारले नयाँ जिल्ला कमिटिका पदाधिकारीकाे नाम सार्वजजिक गर्नुभयाे । 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update