Kakhara सबैको खबर सम्पूर्ण खबर
`मितज्यू´मा दयाहाङ नायक, तेरिया न्यायिका

चलचित्र `मितज्यू´मा दयाहाङ राई र तेरिया मगर अनुबन्ध भएका छन् । दयाहाङ नायक र तेरिया न्यायिकाका रूपमा अनुबन्ध भएका हुन् ।

हाम्रो आगामी चलचित्र 'मितज्यू' को लागि मुख्य कलाकारको रुपमा अभिनेता दयाहाङ राई ज्यू  र अभिनेत्रीको रुपमा तेरिया मगर ज्यू संग सहकार्य गर्न पाउदा एकदमै खुशि छौ ! दयाहाङ राई ज्यू सङ यो हाम्रो दोस्राे सहकार्य हो भने तेरिया मगर ज्यू सङ पहिलो ! यहाहरु दुबै जनालाई स्वागतम संगै शुभकामना ! साथै तेरिया मगर ज्यू लाई हाम्रो नेपाली फिल्म उद्याेगमा हार्दिक स्वागत संगै शुभकामना ! बाकी मुख्य कलाकारहरुको बारेमा जानकारी गराउदै जानेछौ, चलचित्रका निर्माता जनक घर्तीले फेसबुकमा लेख्नुभएको छ ।

यस चलचित्रकाे निर्देशकमा सफल चलचित्र `घरज्वाइँ´का निर्देशक अनिल बुढा अनुबन्ध भइसक्नुभएकाे छ । चलचित्र `घरज्वाइँ´कै टिमले मितज्यू निर्माण गर्न लागेकाे हाे । 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update