
रुकुम पूर्वमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । फागु पूर्णिमा तथा होलीको अवसरमा फागुन २९ गते देखि महिला पुरुष ब्याडमिन्टन प्रतियोगिता हुन् लागेको हो । पुरुष प्रतियोगिता तर्फ विजेता जोडीले नगद १५ हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएको छ ।
यस्तै उप विजेता जोडीले दश तथा सान्त्वना हुने दुई जोडीले समान पाँच-पाँच हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाउने खेलकुद संयोजक रामचन्द्र दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार महिला ब्याडमिन्टन प्रतियोगिता तर्फ विजेताले जोडीले नगद दश हजार, उप विजेता जोडीले नगद सात हजार पाँच सय तथा सान्त्वना हुने दुई जोडीले समान तीन हजार पाँच रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
सिस्ने गाउँपालिका ५ नम्बर वडा कार्यालयको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगिता सोही वडा स्थित दाहाल ब्याडमिन्टन कभर्डहलमा हुने लागेको छ।