Kakhara सबैको खबर सम्पूर्ण खबर
स्ववियु निर्वाचन : रुकुमेली क्याम्पसको  निर्वाचन समिति खारेज गर्न पाँच विद्यार्थी संगठनको माग

आसन्न आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि रुकुम पश्चिमका पाँच विद्यार्थी संगठनले विभिन्न माग राख्दै आपत्ति जनाएका छन । आज पाँच विद्यार्थी संगठन अखिल क्रान्तिकारी, अनेरास्ववियु, अखिल क्रान्तिकारी,  बहुमत  र अनेरास्ववियु (समाजवादी) ले संयुक्त रुपमा विज्ञाप्ति जारी गर्दै रुकुमेली  क्याम्पसको स्ववियु निर्वाचनको लागि आपत्ति जनाएका हुन । विद्यार्थी संगठनले फर्जि विद्यार्थी भर्ना गरी मतदाता नामावली प्रकाशन गरेको  हुँदा सम्पुर्ण विद्यार्थीहरुको बैंक भौचर देखाउनु पर्ने माग राखेका छन् ।

त्यसै  गत बर्षको स्ववियु निर्वाचनमा पक्षपात गरी विवादित भएको निर्वाचन समितिलाई पुन: नियुक्ति गरिएको हुँदा उक्त स्ववियु निर्वाचन समिति खारेज गरी नयाँ समिति निर्माण गर्नुपर्ने, विद्यार्थीहरुलाई परीक्षामा सहजिकरण, शुल्क हेरफेर गरिदिने जस्ता प्रलोभनमा पारी मतदातालाई प्रभाव पार्न खोजेकोहुँदा उक्त कार्य तत्काल रोक्नु पर्ने माग राखेका छन्  ।

साथै यी मागहरु पुरा नभएसम्म कुनै पनि निर्वाचन  गतिविधिलाई अगाडि बढ्न नदिने  पाँच विद्यार्थी संगठनले चेतावनी दिएका छन् ।  निर्वाचन गर्ने सवालमा स्ववियु निर्वाचन समिति र क्याम्पस प्रशासन समितिले स्ववियु निर्वाचन कार्य विधिलाई लत्याएर  अगाडि बढेको हुँदा यी गलत गतिविधि रोक्न  समेत माग गरिएको विद्यार्थी संगठनले जारी गरेको विज्ञाप्तिमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  २१:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update