Kakhara सबैको खबर सम्पूर्ण खबर
नेविसंघकाे सुरक्षा निकाय समितिमा रूकुम पश्चिमबाट चन्द्र र पूर्वबाट बसम

नेपाल विद्यार्थी संघले गठन गरेकाे स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन सुरक्षा निकाय एवं प्रशासन समन्वय समितिमा रूकुम पश्चिमका चन्द्रबहादुर ओली पर्नुभएकाे छ । त्यस्तै रूकुम पूर्वबाट बसम मल्ल पर्नुभएकाे छ । 

विजय ढुंगानाकाे संयाेजकत्वमा गठित केन्द्रिय समितिमा रूकुम पश्चिमबाट नेविसंघ मुसिकाेट नगर सभापति ओली र रूकुम पूर्वबाट मल्ल पर्नु भएकाे हाे । उहाँहरू सदस्यका रूपमा मनाेनित हुनुभएकाे हाे । संगठनले एक विज्ञप्ति जारी गरेर यस बारेमा जानकारी गराएकाे छ । 

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update