सुन
सुनचाँदीको मूल्यमा सामान्य गिरावट

अघिल्लो कारोबारकाे दिन उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । चाँदीको मूल्य पनि सामान्य घटेको छ । गत शुक्रबार प्रतितोला सुन एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएकामा आज प्रतितोला ४०० रुपैयाँले घटेर एक लाख ७४ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला दुई हजार ४५ रुपैयाँमा कायम भएको छ । शुक्रबार सोही परिणामको चाँदी दुई हजार ५० रपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँसत दुई हजार नौ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१ ११:३२
प्रतिक्रिया दिनुहोस्